१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'सन् २०१६ मा मिस नेपाल नहुँदा २ महिना सम्म रोएकी थिएँ'

रीना मोक्तान

काठमाडौँ — चार वर्षअगाडि मिस नेपाल(२०१६)को शीर्ष पाँचसम्म मात्र पुगेकी थिइन् नम्रता श्रेष्ठ । उमेर सानै थियो । अपरिपक्वका कारण त्यो बेला उपाधि जित्न नसकेको उनलाई लाग्छ  । त्यतिबेला अन्तर्राष्ट्रिय प्रतियोगितातिर आफूले प्रतिनिधित्व गर्न सक्दिनँ कि भन्ने पनि सोच्थिन् ।

'सन् २०१६ मा मिस नेपाल नहुँदा २ महिना सम्म रोएकी थिएँ'

तर चार वर्षपछि उनले 'मिस नेपाल'को ताज पहिरिन पाएकी छिन् । अब उनले 'मिस वर्ल्ड'मा पनि प्रतिनिधित्व गर्न पाउने छिन् ।

सन् २०१६ मा मिस नेपालको नजिक पुगेर घर फर्कदाको क्षण कहिल्यै बिर्सदिनन् नम्रता । २ महिना रोएरै बिताइन् ।

'२ महिना सम्म रोएकी थिएँ । ताज पहिरिँदाको दिन त मलाई केही फरक परेको थिएन । तर त्यसको भोलिपल्टबाट लगातार आँसु झर्‍यो । धेरै मन दुखेको थियो,' उनले पुरानो दिन सम्झिन् ।

प्रकाशित : मंसिर २४, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?