दाहालको प्रस्तावको भाषाले त सँगै बस्न सकिँदैन : विष्णु रिमाल- भिडियो - कान्तिपुर समाचार

दाहालको प्रस्तावको भाषाले त सँगै बस्न सकिँदैन : विष्णु रिमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्रीको ‘डिफेन्डर टीम’ का एक शक्तिशाली खेलाडी हुन् । सरकार होस् वा पार्टीभित्रका अन्तरविरोधमा उनी सधैं प्रधानमन्त्री ओलीको ‘डिफेन्स’ का लागि अग्रपंक्तिमा उभिन्छन् ।नेकपाको पछिल्लो विवादमा पनि मुख्य सल्लाहकार रिमालले केही दिनयता ‘परम्परागत’ भूमिका निर्वाह गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेख्दै गरेको प्रस्ताव, नेकपा विवाद र समाधानको उपायबारे मुख्य सल्लाहकार रिमालसँग बबिता शर्माले गरेको कुराकानी :


प्रकाशित : मंसिर १२, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन वर्षदेखि शव व्यवस्थापनमा सक्रिय सपना १ वर्षयता फ्रन्टलाइनमा रहेर दागबत्ती दिइरहेकी छिन् । अहिलेसम्म सयभन्दा बढी बेवारिसे शवको सदगत गरिसकिन् सपनाले । विनयसँग मिलेर भने ३ सयभन्दा बढी शवको सद्गत गरिसकेको उनी बताउँछिन् ।कुनै समय छोरीले शव आएको बाटो देख्यो भने त्यता फर्किनु हुँदैन भनेर आमाले सपनालाई लुकाउँथिन् । तर, अहिले सपनाको कर्मभूमि नै आर्याघाट बनेको छ । १७ वर्षको उमेरमा उनले पहिलो पटक १७ वर्षकै बेवारिसे युवतीको सदगत गरेकी थिइन्। 'उसको अनुहार हेर्दा झस्केको थिएँ म । त्यो बेला म पनि १७ वर्षकै थिएँ। हिजोको समयमा म सडकमै मरेको भएँ । आज यही लासको ठाउँमा म पो हुन्थें कि । भावुक पनि भएँको थिएँ,' आफ्नो अनुभव सुनाइन् ।

पछिल्लो समय उनलाई बेवारिसेको उपनाम नै दिइएको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपनाको नाम हालै बेलायती सञ्‍चारमाध्यम बीबीसीले सार्वजनिक गरेको विश्वभरका सय प्रेरणादायी महिलाको सूचीमा पर्‍यो ।

'तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,' भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, 'सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।'त्यतिबेला आमा खाना खाँदै थिइन् । खाँदै गरेको गाँससँगै आमा खुसीले रोइन् । बुबा पनि पहिलो पटक त्यसरी खुसीले रोएको देख्दा आफूले जीवनमा केही उपलब्धि पाएको भन्ने सपनालाई लाग्यो । अघिल्लो दिन रातिसम्म पारिपट्टि गाउँमा अपाङ्ग/असक्तलाई खाद्यान्न बाँड्न व्यस्त भएकी सपनाले भने ओछ्यानमै हुँदा त्यसबारे खबर पाएकी थिइन् ।विदेशबाट दाइ र दिदीको बधाई पाइन् ।

राज्यले आफ्नो कामको मूल्यांकन नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको बताउँछिन् सपना । 'दिनरात भोक प्यास नभनिकन हामी खटिरहेका थियौं । खाना खाने, पानी पिउने फुर्सद हुँदैन थियो । त्यसरी हिँड्ने क्रममा राज्यले मूल्यांकन गरेन,' उनले भनिन्, 'बीबीसी जस्तो ठूलो मिडियाले हाम्रो मूल्यांकन गरिदियो । एकदमै खुसी छु ।'

प्रकाशित : मंसिर १२, २०७७ १५:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×