२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना

काठमाडौँ — तीन वर्षदेखि शव व्यवस्थापनमा सक्रिय सपना १ वर्षयता फ्रन्टलाइनमा रहेर दागबत्ती दिइरहेकी छिन् । अहिलेसम्म सयभन्दा बढी बेवारिसे शवको सदगत गरिसकिन् सपनाले । विनयसँग मिलेर भने ३ सयभन्दा बढी शवको सद्गत गरिसकेको उनी बताउँछिन् ।कुनै समय छोरीले शव आएको बाटो देख्यो भने त्यता फर्किनु हुँदैन भनेर आमाले सपनालाई लुकाउँथिन् । तर, अहिले सपनाको कर्मभूमि नै आर्याघाट बनेको छ । १७ वर्षको उमेरमा उनले पहिलो पटक १७ वर्षकै बेवारिसे युवतीको सदगत गरेकी थिइन्। 'उसको अनुहार हेर्दा झस्केको थिएँ म । त्यो बेला म पनि १७ वर्षकै थिएँ। हिजोको समयमा म सडकमै मरेको भएँ । आज यही लासको ठाउँमा म पो हुन्थें कि । भावुक पनि भएँको थिएँ,' आफ्नो अनुभव सुनाइन् ।

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना

पछिल्लो समय उनलाई बेवारिसेको उपनाम नै दिइएको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपनाको नाम हालै बेलायती सञ्‍चारमाध्यम बीबीसीले सार्वजनिक गरेको विश्वभरका सय प्रेरणादायी महिलाको सूचीमा पर्‍यो ।

'तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,' भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, 'सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।'त्यतिबेला आमा खाना खाँदै थिइन् । खाँदै गरेको गाँससँगै आमा खुसीले रोइन् । बुबा पनि पहिलो पटक त्यसरी खुसीले रोएको देख्दा आफूले जीवनमा केही उपलब्धि पाएको भन्ने सपनालाई लाग्यो । अघिल्लो दिन रातिसम्म पारिपट्टि गाउँमा अपाङ्ग/असक्तलाई खाद्यान्न बाँड्न व्यस्त भएकी सपनाले भने ओछ्यानमै हुँदा त्यसबारे खबर पाएकी थिइन् ।विदेशबाट दाइ र दिदीको बधाई पाइन् ।

राज्यले आफ्नो कामको मूल्यांकन नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको बताउँछिन् सपना । 'दिनरात भोक प्यास नभनिकन हामी खटिरहेका थियौं । खाना खाने, पानी पिउने फुर्सद हुँदैन थियो । त्यसरी हिँड्ने क्रममा राज्यले मूल्यांकन गरेन,' उनले भनिन्, 'बीबीसी जस्तो ठूलो मिडियाले हाम्रो मूल्यांकन गरिदियो । एकदमै खुसी छु ।'

प्रकाशित : मंसिर १२, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?