१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

काठमाडौँ — नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन भएको लकडाउनयता सर्वसाधारणलाई अवलोकन बन्द गरिएको थियो ।

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

सरकारले गठन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (२०७६) गठन भएपछि यसरी पहल भएको हो । समितिले बृहत योजनासहित निर्माण कार्य निरन्तर राखेको र तत्काल स्वास्थ्य मापदण्ड कायम गरी सर्वसाधारणलाई अवलोकन खुला गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।‘दरबार संग्रहालयका ५२ कक्षामध्ये ३२ वटा सर्वसाधारणलाई अवलोकन खुला गरेको छौं,’ उनले भने, ‘लकडाउनयता हामीले राजा वीरेन्द्र निवास श्रीसदनलाई व्यवस्थित गर्न सक्यौं । राजा परिवारले प्रयोग गरेका हवाई जहाज, हेलिकोप्टरसमेत यही परिसरमा व्यवस्थापन गरेका छौं । सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कायम गराएर अवलोकन गराइने छ ।’

प्रकाशित : मंसिर ८, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?