संकटमा लोकबाजा संग्रहालय- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा लोकबाजा संग्रहालय

दिपेन्द्र रोक्का

काठमाडौँ — २५ वर्षसम्म नेपालका ६६ जिल्ला घुमेर नेपालका लोकबाजा संकलन गरेका संस्थापक रामप्रसाद कँडेललाई अहिले न भोक छ, न निद्रा । उनलाई खान मन लाग्दैन । मन बेचैन छ । दिमागले एउटै मात्र कुरा सोचिहरन्छ आफ्ना छोराछोरी जत्तिकै मायाले राखेका लोकबाजा कता थन्क्याउने भन्ने । भन्छन्, 'मैले मेरा सन्तान सरह संरक्षण गरेर राखेका यी लोकबाजाहरु अब कता राख्ने र के हुन्छ भन्ने चिन्ताले सताइरहेको छ ।' उनलाई चिन्ता बढेको धेरै भएको छैन । भूकम्पले भत्किएको भवन पुनर्निर्माण गर्न थालिएपछि उनको चिन्ता बढेको हो ।

कँडेललाई २०५२ सालमा गुरुस्वामी अखण्डनाथ सरस्वतीलाई गुरुदक्षिणा स्वरूप चढाएको शंख बाहेक अरु बाजा बनाउनआउँदैन थियो। पहिले उनी थाङ्का व्यापार गर्दथे र त्यही थाङ्काकोतान्त्रिक अर्थ जान्ने कौतुहलताले नेपालका विभिन्न जातजातिका पौराणिक बाजाहरूखोज्न दौडायो। २०५४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटसामाजिक संस्थाको मान्यता पाएको उनको संस्थाले नेपालमा बाजाको उद्गमस्थल पत्तालगाई त्यसैसँगै अभिलेख, किताव, श्रव्यदृश्यहरु जुटाउने काममा लाग्न थाल्यो। २०५८ मा काठमाडौंकोभद्रकालीमा कोठा भाडामा लिएर विस्तार भएको नेपाली लोकबाजा संग्रहालय २०६४ मा भने मन्त्रिस्तरीय बैठकबाटअनुमोदन पाएर काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर परिसरको स्थलबाट आफ्नो नयाँयात्रा सुरु गर्यो। हालसम्म यो संग्रहालयमा नेपालका २०० वर्ष पुराना बाजाहरूसहित १ हजार ३ सय ५० वटा बाजा छन् । कँडेल बाजाको उद्गमस्थल पुगीत्यहाँका बाजाहरूको ज्ञान लिन्थे र गुरुहरुलाई यहीबाजाको अनुसरण गरेर नयाँ बाजा बनाउन लगाउँथे। गाउँठाउँको चलिआएको बाजा आफूले लिएरआए त्यो बाजा झन लोप हुने डरले उनले नयाँ बाजा बनाएका हुन् । पुराना नबज्ने बाजाहरु पनि उनलेसंकलन गर्न थाले। पश्चिमा देशहरुमा सांगीतिक उपचारको प्रक्रिया अहिले चलेपनि यसकोचलन नेपालमा पहिलेदेखिनै रहेको उनको विश्वास छ। उनी भन्छन्, ‘बाजा पञ्चतत्वले बनेको हुन्छ त्यसमा पृथ्वी,जल,अग्नी,वायु र आकाश तत्व पर्दछन्।संगीत आकास तत्वमा पर्दछ र बाजा बजाएर मान्छेको उपचार गर्न सकिन्छ। ' कँडेलले सुरुवाती दिनदेखि नैआफ्नो संग्रहालय जीवन्त बनाउने सोच लिएका थिए। ‘यी संकलन गरेका बाजाहरू भित्तामाझुन्ड्याउने वस्तु हैनन्, यसलाई जीवन दिन यसको प्रयोग गर्नुपर्छ,' उनले भने, 'हामीले जीवन्त संग्रहालयकोपरिकल्पना गरेर यसको सुरुवात गरेका थियौं ।’ एक व्यक्तिले एक बाजा बजाउनजानुपर्ने मान्यता राख्छन् उनी। परापूर्वकालदेखि नेपालमा चलिआएका विभिन्न जातजाति, वर्ग, समुदाय र भूगोलका बाजाहरूनेपाली लोकबाजा संग्रहालयमा देख्न सकिन्छ। त्यसबाहेक संग्रहालयले‘बाजा’ नामक जर्नल पनि प्रकाशन गर्दै आएको छ। बेलाबेलामा सांगीतिक कार्यक्रम रवृत्त चित्र प्रदर्शनहरु पनि हुने यो संग्रहालयमा दैनिक २०० देखि ३०० मानिसले अवलोकनगर्दथे।

तर२०७२ को भूकम्प पछि परिस्थिति अलि फरक बन्यो। भूकम्पपछि नेपाल लोकबाजा संग्रहालयले भोगचलन गर्दै आएको गुठीसंस्थानको जग्गामा रहेको भवन पुनर्निर्माण गर्नुपर्ने भयो। मासिक १५ हजार रकम तिर्दै आएको संग्रहालयले पुनर्निर्माण गर्न तयार तभयो तर त्यसपश्चात यो भवन पुनर्निर्माणपछि काठमाडौँविश्वविद्यालयलाई संगीत विद्यालय सञ्चालनगर्नदिने निर्णयप्रति संग्रहालय रुष्ट बन्यो। संस्थापक कँडेलका अनुसार गुठी संस्थानले २०७१ सालमा आफ्नो पाँच वर्षको भाडा सम्झौतासकिनु पूर्व नै काठमाडौँ विश्वविद्यालयलाई जमिन भाडामा दिइसकेको बताए। त्यसपछि नेपाल लोकबाजा संग्रहालयले उक्त भवन मन्त्रिस्तरीय निर्णयबाटनै जिर्णोद्वार पछि आफूहरूलाई संग्रहालय सञ्चालन गर्न पठाएको र गुठीलाई मासिक रकमपनि तिर्दै आएको भन्दै काठमाडौ जिल्ला अदालतमा काठमाडौँ विश्वविद्यालय र गुठीसंस्थान विरुद्ध मुद्धा दर्ता गर्यो। अदालतको फैसाला पनि आफ्नो पक्षमा नआएको उनी बताउँछन्। आफ्नो जीवनको २५ वर्ष दुःख गरेर संकलनगरेका बाजाहरूले ठाउँ नपाउने चिन्ताले सताउने गरेको छ उनलाई आजभोलि। 'नेपालको इतिहास झल्काउने सम्पदाहरु मास्ने गुठी र काठमाडौँविश्वविद्यालयको निर्णयमा सरकार किन मौन भएर बसेको ?' उनी प्रश्न गर्छन्। संग्रहालयलाई जिवन्त बनाई नेपाल सरकारलाईहस्तान्तरण गर्ने योजना थियो उनको।मंसिर१५ सम्म संग्रहालय भवन खाली नगरे बाजाहरू बाहिर फालिदिने भनेर गएका छन्। बाजाहरू मासिए नेपालको संस्कृति मासिन्छ , राज्यलेसंकलन गर्नुपर्ने ठाउँमा हामीहरुले यतिधेरै बाजाहरू एकै ठाउँमा ल्याएर समेट्दा पनि राज्यले आफ्नो कुरा सुनेन,' उनले भने ।

प्रकाशित : कार्तिक २५, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौं उपत्यकाको प्राचीन सहर भक्तपुरको एउटा आकर्षण हो पोटरी स्क्वायर । माटोका भाँडाका लागि प्रख्यात यो ठाउँ सधैं व्यस्त नै रहने गर्दछ । नेपालीहरूको अर्को महान चाड तिहार नजिकिँदै गर्दा यहाँका कुमालेहरु पनि व्यस्त भएका छन् यतिबेला । तिहारमा माटाका पालाहरुले विशेष महत्त्व राख्ने गर्दछन् ।

४६ वर्षीया धर्मप्रसाद प्रजापति पनि यतिबेला दैनिक ५ सयदेखि हजार वटासम्म माटाका पालाहरु बनाउँदैछन् । ३६ वर्ष माटाका भाँडा बनाउन समर्पित धर्मप्रसादलाई उनका २० वर्षीय छोरा विकल प्रजापतिले पनि सघाउँछन् । भक्तपुरको पोटरी स्क्वायरको एउटा कुनामा धर्मप्रसाद ठूलो माटोको पाला र विकल प्रजापति सानो पाला बनाउँदै थिए । दुवैका मोबाइल फोनमा आफ्नो-आफ्नै संगीत बजिरहेका थिए । प्रजापति बाबुछोराजस्तै पोटरी स्क्वायरमा अधिकांशको दैनिकी यस्तै छ आजकल । सरकारले जारी गरेको लकडाउनको समयमा माटो खेर जाने डरले धर्मप्रसादले त्यस अवधिमा एक लाख पालाहरु बनाइसकेका छन् । अन्य माटाका भाँडाका तुलनामा पालाको बजार खासै राम्रो नभएको उनी बताउँछन् । अहिले पालाहरुलाई विद्युतीय बत्तीहरुले विस्थापित गरिसकेको छ । तिहारको समयमा पनि मानिसहरूले पूजा कोठामा एउटा मात्र पाला प्रयोग गरेर विद्युतीय बत्तीले झिलिमिलि पार्छन् । यसकारण उनलाई पालाहरु भन्दा माटाका अन्य भाँडाहरु बनाउन मन लाग्छ। 'व्यापार राम्रो भएको बेलामा माटाका पालाहरूको वार्षिक आम्दानी २० देखि २५ लाख हुन्थ्यो तर विगतका वर्षहरुजस्तो व्यापार अहिले छैन।' माटाका भाँडा बनाउन उनले भोगेको अर्को समस्या माटो नपाउनु पनि हो । पहिले भक्तपुर वरपर माटो सजिलै पाइन्थ्यो । अहिले समय फेरिएको छ । बढ्दो सहरीकरणले गर्दा माटो असहज भएको हो उनी बताउँछन् । समयसँगै काम गर्ने ढाँचा पनि बदलिएको छ, पहिले माटो फुटाउन खुट्टा र हातले चक्र घुमाउन परेपनि अहिले मेसिनले काम सजिलो भने पारिदिएको छ। भाँडा पोल्न नजिकैको आधुनिक भट्टीमा लैजान्छन् जसको दैनिक भाडा ६ सय देखि ९ सय रुपैयाँसम्म पर्न आउँछ । पाला बनाउनभन्दा रङ लगाउन गाह्रो हुने उनी सुनाउँछन् । तर कसैले आगोमा नपोलेको पाला पनि लैजाने गरेके उनले बताए । पालाबाहेक तिहारमा भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरूको माग पनि उच्च हुने गरेको उनले बताए । विद्युतीय बत्तीहरुले माटाका पालाहरुलाई बिस्तारै विस्थापित गर्दै गएपनि यस वर्षको तिहारमा आफूले बनाएका माटाका पालाहरु बिक्री होलान् कि भनेर आफ्नो काममा लगनशील छन्, भक्तपुरको पोटरी स्क्वायरका कुमालेहरु।

प्रकाशित : कार्तिक २२, २०७७ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×