दिदीबहिनीले पाए नयाँ घर- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिदीबहिनीले पाए नयाँ घर

कान्तिपुर संवाददाता

काठमाडौँ — फोहोरी महतो र मसुनी महतो दिदीबहिनी हुन् । उनीहरू मागेर खाने र जहाँ पुग्यो उहीं, कहिले गाउँलेको पिँढीमा त कहिले बाटो चौतारोमा सुत्थे ।कोरोना कहर बढ्दै जाँदा हिँड्न, डुल्न रोकियो । यी दुई दिदीबहिनी कान्छी बहिनी ठगहनी चौधरीको शरण परे ।कालिका नगरपालिका–५ पदमपुरमा रहेको ठगहनीको थोरै जग्गामा उनीहरूले सानो छाप्रो बनाए ।कमजोर खाँबो ठडाएर, खरका मुठाले जसोतसो छाएर र बोराले बारेको झुप्रो घरले हावा र वर्षात सहन सकेन । घर मक्कियो ।स्थानीय पत्रकार सन्तकुमार चौधरीले यो झुप्राको कथा लेखे । पर्सा बजार बस्ने समाजसेवी मुरलीप्रसाद गजुरेलले सहयोग जुटाउन सुरु गरे ।

भदौ २८ मा घर बनाउन सुरु भयो । देश/विदेशबाट प्राप्त सहयोगका कारण घर ठडियो । दसैंको टीकाभन्दा अघिल्लो दिन नवमीमा उनीहरूले गृह प्रवेश पनि गरे ।गजुरेलका अनुसार घर बनाउन २ लाख ९७ हजार रुपैयाँ खर्च भयो । ५१ जनाले ३ लाख ८२ हजार रुपैयाँ सहयोग गरेका थिए ।

प्रकाशित : कार्तिक १५, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा पूर्ण चन्द्रमा

संजोग मानन्धर

काठमाडौँ — शनिबार काठमाडौंको भैंसेपाटीबाट देखिएको पूर्ण चन्द्रमा ।


प्रकाशित : कार्तिक १५, २०७७ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×