दसैंमा लिङ्गे पिङ
काठमाडौँ — दसैंमा एकपटक धरती छोड्नै पर्छ भन्ने जनविश्वास रहँदै आएको छ । दसैंमा लिङ्गे पिङले विशेष महत्व राख्ने भए पनि पहिलेका वर्षहरूमा जस्तो यसपालि भने धेरै पिङहरु देख्न पाइएन । विशेषगरी दसैं र तिहारमा लिङ्गे पिङ हालिने गरिन्छ।
सार्वजनिक स्थलमा पिङ हाल्दा भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको थियो । त्यसैले यस वर्ष कोरोना कहरमा पिङमा पहिलेका वर्षहरूमा जस्तो भीडभाड देखिएन।