दसैंमा लिङ्गे पिङ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा लिङ्गे पिङ

दिपेन्द्र रोक्का

काठमाडौँ — दसैंमा एकपटक धरती छोड्नै पर्छ भन्ने जनविश्वास रहँदै आएको छ । दसैंमा लिङ्गे पिङले विशेष महत्व राख्ने भए पनि पहिलेका वर्षहरूमा जस्तो यसपालि भने धेरै पिङहरु देख्न पाइएन । विशेषगरी दसैं र तिहारमा लिङ्गे पिङ हालिने गरिन्छ।

सार्वजनिक स्थलमा पिङ हाल्दा भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको थियो त्यसैले यस वर्ष कोरोना कहरमा पिङमा पहिलेका वर्षहरूमा जस्तो भीडभाड देखिएन।

प्रकाशित : कार्तिक १३, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्‍चित : डाक्टर फौची

एजेन्सी

वासिङ्टन — अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा डाक्टर फौचीले ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित भएको बताएका हुन् । मास्कबिनै र भौतिक दूरी कायम नगरी मानिसहरुको भीड जम्मा गर्नु सम्भावित 'सुपरस्प्रेडिङ' को आयोजना भएको फौचीले बताएका छन् ।

उनले ह्वाइट हाउसमा आयोजित एक सभापछि ट्रम्प प्रशासनका कैयौं कर्मचारीलाई कोरोना संक्रमण भएको उदाहरण दिँदै स्वास्थ्य मापदण्डबिना चुनावी र्‍याली गर्नु संक्रमण फैलाउनु भएको बताए ।

डाक्टर फौचीले अमेरिकाभर लकडाउन गरेको भए कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्ने सम्भावना रहेको पनि बताए । आर्थिक रुपमा घाटा भए पनि अस्ट्रेलियाको मेलबर्नमा गरिएको लकडाउन प्रभावकारी देखिएको पनि उनले उदाहरण प्रस्तुत गरे ।

कोरोना संक्रमणबाट नराम्ररी प्रभावित अस्ट्रेलियाको मेलबर्न सहरमा कोरोनाका नयाँ केस आउन बन्द नहुन्जेलसम्मका लागि पूर्ण रुपमा लकडाउन गरिएको थियो । जुन प्रभावकारी पनि देखिएको थियो ।

प्रकाशित : कार्तिक १३, २०७७ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×