'दैनिक देखिने संक्रमितमध्ये ६० % राजधानीको रहेकाले सचेत होऔं'- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'दैनिक देखिने संक्रमितमध्ये ६० % राजधानीको रहेकाले सचेत होऔं'

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् ।

उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।

प्रकाशित : आश्विन २५, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय बन्द

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले कार्यालयबाट दिइने सेवा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यपालिकाको बैठकले संक्रमितको सम्पर्कमा आएका पदाधिकारी तथा कर्मचारीहरुको स्वाब परीक्षण गरी नतिजा प्राप्त भएपश्चात् अर्को सूचना नआएसम्म कार्यालयबाट हुने सबै प्रकारका सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

नगरपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको मेयर मिश्रले बताए ।

नगरप्रमुख मिश्रलगायत संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरु होम आइसोलेसन बसिरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७७ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×