कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीमा कांग्रेसको राँके जुलुस प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावविरुद्ध कांग्रेस रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान बसेको बैठकले राँके जुलुससहित रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

रुपन्देहीमा कांग्रेसको राँके जुलुस प्रदर्शन

कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ बुटवलको चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका हुन् । प्रदेश सभामा शुक्रबार प्रदेश नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस भएसंगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध भइरहेका छन् ।

प्रकाशित : आश्विन १७, २०७७ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?