प्राधिकरणबाट जाँदाजाँदै कुलमानले भने- 'सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन् '

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले विदाई गरेको छ ।

प्राधिकरणबाट जाँदाजाँदै कुलमानले भने- 'सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन् '

विदाई कार्यक्रममा घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती माथि जनचासो बढ्नु पनि उपलब्धी भएको बताउनुभयो । यद्यपी घिसिङले एकै जना व्यक्ति सधै प्राधिकरणको कार्यकारी रहिरहनु पर्छ भन्ने पक्षमा नरहेको पनि स्पस्ट पार्नुभयो ।

धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिन सक्ने अवस्थामा पुगेकाले भविश्यमा प्राधिकरणको साखः अझ बढ्ने विश्वास समेत घिसिङले व्यक्त गर्नुभयो ।

सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अवको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास पनि घिसिङले गर्नुभयो ।

प्रकाशित : आश्विन १, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?