कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रमिक भन्छन्- सरकार अरुले बाँडेको खानाले कतिदिन बाँच्ने ?

दिपेन्द्र रोक्का

काठमाडौँ — पाँच दिनदेखि ८ वर्षको छोरो लिएर सन्तोष बस्नेत कान्ति अस्पताल नजिकै रोयल कोल्याब्रेटिभ नामक संस्थाले चलाएको निःशुल्क खाना खुवाउने ठाउँमा धाइरहेका छन् । पेसाले उनी ज्यामी हुन् । कोभिड १९ को महामारीका कारण सरकार लगाएको निषेधाज्ञाले उनले ज्यामी काम गर्न पाएका छैनन् । त्यसैले घरमा स्टोभ बल्न सकेको छैन । दिनभरी ज्यालामजदुरी गरेर बिहानबेलुकी छाक टार्ने सन्तोष पहिलाको लकडाउन र अहिलेको निषेधाज्ञले असन्तोष बन्न पुगेका छन् । कोरोनाको कत्ति डर छैन उनलाई जति भोकको छ । काम नभएर मन बेचैन त छ नै उनको अर्कोतिर श्रीमतीको खुट्टा भाँचिएर तनाव थपिएको छ । 'बिहान खायो बेलुका छैन, बेलुका खायो बिहान छैन,' उनी दुःख सुनाउँछन्, 'हाम्रो पीडा सुन्ने र बुझिदिने कसले ? यसरी अरुले बाँडेको खानाले कतिसमय बाँच्ने ?'

श्रमिक भन्छन्- सरकार अरुले बाँडेको खानाले कतिदिन बाँच्ने ?

बस्नेत मात्रै होइनन्, निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु मारमा परेका छन् यतिबेला । एकातिर उनीहरूको कमाउने बाटो त गुमेको छ नै, अर्कातिर भोको पेट कसरी भर्ने भन्ने चिन्ता उत्तिकै छ । त्यो पनि आफ्नु मात्रै होइन, पूरै परिवारको ।

यस्तै मारमा परेका मजदुरहरुलाई रोयल कोल्याब्रेटिभ नामक संस्थाले विगत ८ दिनदेखि काठमाडौंका विभिन्न स्थानमा खाना खुवाइरहेको छ । सोमबार बिहानै कान्ति अस्पताल क्षेत्र नजिकैको सानो कोठामा केही युवाहरु ठूलो भाँडामा खान्की तयार गर्दै थिए । कोही भात पकाउन त, कोही तरकारी काट्न व्यस्त ।त्यतिकैमा केही मजदुरहरु सटर बाहिर आएर भेला भए । भित्रबाट 'एकछिन् नजिकै बस्नुस्' भन्ने आवाज सुनेपछि उनीहरु छेउकै खाली ठाउँमा खाना कुरेर बसे ।

विगत ८ दिनदेखि गजेन्द्र शाही शाही र संस्थामा आवद्ध युवाहरुको दिनचर्या यस्तै छ । बिहान खाना तयार गर्छन् र १० बजे काठमाडौंका विभिन्न स्थानमा गरिब र दुखीलाई निःशुल्क खाना खुवाउँछन् । यो भन्दा अघिको समयमा धनगढीको नेपाल-भारत नाकामा अलपत्र परेका नेपालीहरुलाई ५७ हजार प्लेट खाना खुवाइएको बताउँछन् उनी। साथी भाइहरूसँग संकलन गरेर उठेको रकम गरिब र भोकाका लागि खर्च गरिएको शाहीको भनाइ छ ।

यसरी नै मारमा परेका मजदुरहरुलाई सहयोग गर्नेको संख्या बढ्दो छ । राजधानीको खुलामञ्चमा पनि भोका मजदुरहरूको लाम लाग्ने गर्दछ आजभोलि । लामबद्ध उनीहरु खानाको पर्खाइमा हुन्छन् । अहिलेको सरकार र विगतका सरकारले विभिन्न मजदुर संगठन खडागरी मजदुरका नारा सुन्ने भनिएतापनि मजदुरहरूको व्यथा उस्तै छ। भोका पेटका लागि उठेका यस्ता युवाका सहयोगी हातहरुले भएपनि उनीहरुमा झिनो आशा पलाएको छ।


प्रकाशित : भाद्र २३, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?