भाईरल भिडियोको भित्रि कथा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाईरल भिडियोको भित्रि कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण र लक्षणसहितका संक्रमितहरूको संख्या बढिरहेका बेला साउन १७ देखि भदौ ८ गतेसम्मको २४ दिन युट्युबमा एक फरक विषय निरन्तर भाइरल भइरहेको थियो । त्यसलाई पछ्याइरहेका विभिन्न २९ युट्युब च्यानलहरूले यो अवधिमा पोस्ट गरेका २ सय ७३ वटा भिडियोलाई कान्तिपुरले पछ्याएको थियो । जसको कुल भ्युअर्ससिप ३ करोड ११ लाख ३५ हजारभन्दा धेरै छ ।

आखिर कोरोना महाव्याधिमा करोडौंले हेरेको र १ लाख ३१ हजार ६ सयभन्दा धेरैले कमेन्ट गरेको विषय के थियो ? काठमाडौंदेखि कैलालीसम्म दर्जनौं युट्युबरहरूले हप्तौंसम्म निरन्तर पछ्याएको विषयको अन्तर्यमा के थियो ?

प्रकाशित : भाद्र १५, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

सञ्चार विज्ञ बाँस्तोलाले भने, 'उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।'

मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए ।

मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर शाक्य केही दिन होम आइसोलेसनमै बस्‍ने बताइन् । उनले भनिन्,'मेयर साबसँग मेरो कुर भयो । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्नुभयो । '

प्रकाशित : भाद्र १५, २०७७ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×