१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना कहरले धकेलिएको विद्यालय शिक्षा

दिपेन्द्र रोक्का

काठमाडौँ — कोरोनाले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो । झण्डै ९० लाख विद्यार्थी चैत ५ गतेदेखि विद्यालय जानबाट बञ्चित छन् । घरमै बस्न बाध्य छन् । विद्यालयको हकमा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षामन्त्री गरिराजमणि पोखरेलले गत चैत ४ गते नयाँ सत्रको भर्ना नलिन अपिल गरेका थिए । कोरोना भाइरसको कारण देखाउँदै सरकारले चैत अन्तिमदेखि सबै विद्यालय र पठनपाठनको गतिविधि बन्द गरेको थियो । विद्यालयले लगत्तै आफ्ना विद्यार्थीलाई अनलाइनमार्फत् पठनपाठन सुरु गर्‍यो । सूचना र प्रविधिको पहुँच हुने सहरी क्षेत्रमा यसको प्रभाव राम्रै देखिएतापनि दुर्गम क्षेत्रमा खासै उपलब्धिमूलक हुन सकेन । युनिसेफ नेपालले भदौ १२ गते नेपाल र न्युयोर्कलाई समेटेर निकालेको प्रतिवेदनमा झण्डै दुईतिहाई नेपाली विद्यार्थी अनलाइन शिक्षाबाट बञ्चित भएको जनाएको छ ।

कोरोना कहरले धकेलिएको विद्यालय शिक्षा

सूचना र प्रविधिको पहुँच हुने सहरी क्षेत्रमा यसको प्रभाव राम्रै देखिएतापनि दुर्गम क्षेत्रमा खासै उपलब्धिमूलक हुन सकेन । युनिसेफ नेपालले भदौ १२ गते नेपाल र न्युयोर्कलाई समेटेर निकालेको प्रतिवेदनमा झण्डै दुईतिहाई नेपाली विद्यार्थी अनलाइन शिक्षाबाट बञ्चित भएको जनाएको छ ।

उता शिक्षकहरु पनि अनलाइन कक्षामा विद्यार्थीलाई व्यक्तिगत मूल्यांकन गर्न नसकिने बताउँछन्। राम्रो र नराम्रो दुवै पक्ष भएको यो प्रविधिलाई अपनाएर धेरै विद्यालयहरुले आफ्नो नयाँ शैक्षिक सत्रको पहिलो त्रैमासिक परीक्षा पनि सुरू गरिरहेका छन् ।

यही अन्तरालमा विद्यालयहरु झण्डै पाँच महिना बन्द हुँदा शिक्षक र विद्यार्थी दुवैलाई यसले असर गरेको छ । पेप्सीकोलास्थित नेक्सस् स्कुलका संस्थापक कमल कटुवाल सरकारले अनलाइन कक्षा सञ्चालन गर्न नचलाउन र मासिक रकम विद्यार्थीबाट नउठाउन भन्ने निर्णयले धेरै विद्यालय चपेटामा परेको बताउँछन्। प्याब्सन र एनप्याब्सनमा आवद्ध ८ हजारभन्दा धेरै विद्यालयलाई 'क', 'ख' 'ए' र 'बी' मा विभाजन गरेको छ ।

कोरना कहरको यो स्थितिमा धेरै विद्यालयले आफ्ना शिक्षकलाई बेतलबी बिदा र आधा पारिश्रमिकमा राखिरहेका छन् । यस्तै भइराखे धेरै विद्यालयहरू बन्द गर्नुपर्ने दिन आउनसक्ने बुझाइ विद्यालय संस्थापकको छ ।

लामो समय विद्यालय बन्द हुँदा शिक्षकको पनि आफ्नो भविष्य अन्धकार हुँदै गएको बताउँछन् ।

प्रकाशित : भाद्र १३, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?