२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

'ब्याड' जोडीको 'गुड वर्क'

राजकुमार कार्की

सिन्धुली — लकडाउन र निषेधाज्ञामा प्रायः सबैजना घरमै लक भए । तर सिन्धुलीको कमलामाई नगरपालिका ५, गैयाटारका दुई तन्नेरीले लकडाउनमै आफ्नो खुबी देखाए । लोकभाकामा आफ्ना सिर्जनाहरु पस्कन माहिर २२ वर्षीय दीपेश फुयाँलले भर्खर १८ वर्ष टेकेका विवेक गौतमको साथमा आफ्नो सिर्जना युट्युब र सामाजिक सञ्जालमार्फत दुनियाँलाई देखाए र सबैको तारिफ पाए ।

'ब्याड' जोडीको 'गुड वर्क'

विवेक मुखबाटै विभिन्न धुन निकालेर संगीत भरिदिने अर्थात विट-बक्सिङ गर्छन भने दीपेश सुरिलो स्वरमा भाका भर्छन् ।

दिपेश र विवेक यसअर्थमा फरक छन् कि उनीहरुले सामाजिक समस्यामा आधारित र जनचेतनामूलक विषयमा गीत निर्माण गरिरहेछन् । पछिल्लो समय उनीहरुले खासगरी बालबालिका र कोरोना कहरसँग जुध्नका लागि मनोबल बढाउने खालको गीत गाए । युवतीहरुमाथि एसिड प्रहारको घटनाले पनि उनीहरुलाई छोयो । अनि एसिड प्रहारको विरोध जनाउन पनि गीत नै गाए ।

कोरोना कहरमै दीपेश र विवेकको जोडीले बालबालिका लक्षित गरेर आफ्नो प्रस्तुति दिएका छन् । घरका अभिभावकले भनेको नमान्ने तर मन छुने खालको गीतमा सन्देशमूलक सामाग्रीहरु पस्किन सके बालबालिकाहरुले त्यसलाई समाउने दीपेशको बुझाइ छ । जाजरकोटको नवराज विक हत्याकाण्डलाई मार्मिक तवरले जोडीले प्रस्तुत गरेका छन् ।

प्रकाशित : भाद्र ४, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?