कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुशे औंसी : गोकर्णेश्‍वरमा यस पटक भीड छैन

काठमाडौँ — काठमाडौं गोकर्णेश्वरस्थित महादेवको मन्दिर परिसरमा कुशे औंशीको दिन पितृ तर्पण गर्न भक्तजनहरुको उपस्थिति कम देखिएको छ । बुबाको मुख हेर्ने दिन अरु बेला भीडभाड हुने गोकर्णेश्वर मन्दिर परिसर सुनसान छ ।

कुशे औंसी : गोकर्णेश्‍वरमा यस पटक भीड छैन

बुबा नहुनेहरु आजको दिन गोकर्णेश्वर महादेवको मन्दिरमा जम्मा भएर पिण्ड दिने चलन रहेकोमा यस वर्ष कोरोना संक्रमणका जोखिमका कारण प्रशासनले मन्दिर बन्द गरेको साथै परिसरमा समेत पूजाआजामा रोक लगाएको छ । भक्तजनहरुले मास्क लगाएर मन्दिर परिसर भन्दा टाढै रहेर पूजा गरेका थिए ।

प्रकाशित : भाद्र ३, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?