कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो शवदाह गृहमा अन्त्येष्टि- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो शवदाह गृहमा अन्त्येष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन अस्पातलमा कोरोनाबाट मृत्यु भएकी एक महिलाको सोमबार पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । अन्त्येष्टिको क्रममा नेपाली सेनाले सलामी दिएको थियो ।

पाटन अस्पातलमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार मृत्‍यु भएको थियो । श्वासप्रश्वासमा समस्या भए पछि उनलाई साउन २८ मा अस्पताल भर्न गरिएको थियो । उनी मधुमेहको बिरामी समेत थिइन् ।

प्रकाशित : भाद्र २, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको झन्डा जलाउने गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेरापर्सन पक्राउ

मातृका दाहाल

काठमाडौँ — नेपालको झन्डा जलाएको देखाइएको गीतको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन इसाक लिम्बुलाई नखिपोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो । अरु ६ जना अझै फरार रहेको प्रहरीका एक अधिकारीले बताए । गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको पनि प्रहरीले बताएको छ । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ ।

राष्ट्रिय झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग गर्ने, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउनेजस्ता काम गर्न कानूनले निषेध गरेको छ । यस्ता कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : भाद्र २, २०७७ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×