‘प्राथमिकता फेरिएसँगै छिमेकीसँगको सम्बन्ध अद्यावधिक हुन्छ’
काठमाडौँ — नेकपा नेतृत्वमा सरकार बनेर केपी शर्मा ओली दोस्रोपटक बालुवाटार छिरेसँगै नेपालको कूटनीतिक सम्बन्धलाई विस्तार गर्ने भन्दै युरोपदेखि दक्षिण अमेरिकी मुलुकसम्म पुगे ।मुलुकको कूटनीतिक सम्बन्धलाई अझ माथि लाने भन्दै गर्दा छिमेकी भारतसँग चिसोपना आएको छ भने ७० वर्ष पुरानो मित्रता रहेको अमेरिकासँग पनि सुमधुर बन्न सकेको छैन । ओली सरकारलाई ‘चीनतिर बढी ढल्किएको’ आरोप लाग्दै आएको छ ।