'नेपाल र भारतको कूटनीतिक सम्बन्ध ‘ब्लेम–गेम’ मा अड्कियो'- भिडियो - कान्तिपुर समाचार

'नेपाल र भारतको कूटनीतिक सम्बन्ध ‘ब्लेम–गेम’ मा अड्कियो'

कान्तिपुर संवाददाता

कपिलवसस्तु — २०७१ चैतमा पहिलोपटक र २०७३ कात्तिकमा दोस्रोपटक भारतका लागि राजदूत नियुक्त भएका दीपकुमार उपाध्याय यतिखेर कपिलवस्तुको तौलिहवामा स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय देखिन्छन् ।

कपिलवस्तु पृष्ठभूमिमै रहेर ४ दशकयता राजनीति गर्दै आएका नेपाली कांग्रेसका प्रतिनिधि पात्र उपाध्यायले राजदूत छँदा बेहोरेको भारतसँगको हार्दिकदेखि ‘नाकाबन्दी’ सम्बन्धसम्मको पृष्ठभूमि र अहिलेको द्विदेशीय संवादहीनताबारे कान्तिपुरका देवेन्द्र भट्टराईसँग गरेको कुराकानी :

प्रकाशित : श्रावण २७, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा जिप दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो ।

जिप दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले जानकारी दिए । बालकको नाम खुलेको छैन ।

दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको छ। दुर्घटनापछि चालक र सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७७ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×