गण्डक कहर : सिँचाइलाई पानी छैन, बाढीले डुबान ! [भिडियो]- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डक कहर : सिँचाइलाई पानी छैन, बाढीले डुबान ! [भिडियो]

कान्तिपुर संवाददाता

त्रिवेणी (पूर्वी नवलपरासी) — हरेक वर्षायाममा चर्चामा रहने गण्डक नहरमा यसपटक नारायणी नदीको बहाव उच्च रहँदा ४ लाख ४० हजार क्युसेक पानी बग्यो । यही नहरमा बनाइएको बाँधबाट दक्षिणपट्टिको पानी भारतको बिहारतिर जान्छ भने उत्तरको पानी नेपाली भूमि हुँदै उत्तर प्रदेश पुग्छ । तर, द्विदेशीय सम्झौताअनुसार पाउनुपर्ने पानी नपाउँदा नेपाली भूमि हिउँदमा सधैंजसो आकाशे पानीमा निर्भर हुने गरेको छ भने वर्षामा बाढीको चपेटामा पर्ने गरेको छ ।

‘हाम्रो वर्षे बालीका बेलामा पानीको निकासमा तह निर्धारण गर्न नसक्दा सिँचाइभन्दा बढी बाढी खनिएको छ भने हिउँदमा हामीलाई चाहिएका बेला पानी नै दिइँदैन,’ गण्डक सम्झौताअन्तर्गत नेपाल गण्डक पश्चिम नहर सिँचाइका संयोजक हैदर मोमिन भन्छन्, ‘सम्झौतामा हामीले हाम्रो ८ हजार ७ सय हेक्टर जमिन सिँचाइ गर्न ३ सय क्युसेक पानी पाउनुपर्नेमा यो सर्त र अनुपात कहिल्यै मिल्न सकेको छैन ।’ हैदरका अनुसार यो नहरबाट नवलपरासी पश्चिमका ४ सय हेक्टर भूभागमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २०, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा थप ४ जनामा कोरोना 

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको राजविराजमा मंगलबार साँझ कोरोनाका ४ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार एक अधिकारकर्मीसहित चारजना नयाँ संक्रमित थपिएका हुन् । 

यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३५ पुगेको छ ।

संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रसासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका कारण बजार ठप्प छ भने सर्वसाधारणको आवतजावत पातलिँदो छ ।

प्रकाशित : श्रावण २०, २०७७ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×