‘ओली कमरेडले मान्नुभएन भने हामीसँग विकल्प छन्’- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ओली कमरेडले मान्नुभएन भने हामीसँग विकल्प छन्’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एकतर्फी रूपमा स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले बहुमत सदस्य राखेर चलाए । दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकलाई ओली समूहले मान्यता दिएको छैन । दाहाल–नेपाल समूहले बैठक स्थगन गर्ने ओलीको कदमको आलोचना गरेको छ ।

यी घटनाक्रमसँगै दुवै समूह एक–एक कदम अगाडि बढेपछि नेकपामा झन्डै एक महिनादेखि जारी शक्तिसंघर्ष बहुमत–अल्पमतको खेलमा प्रवेश गर्ने सम्भावना बढेको छ । फेरि पनि दुवै अध्यक्षलाई स्थायी कमिटीको अर्को बैठकको मिति तय र सहमति जुटाउने जिम्मा छ । जटिल मोडमा पुगेको विवाद, अबको नेकपाको अवस्था र भविष्य के होला ? स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसँग बबिता शर्माले गरेको कुराकानी–

प्रकाशित : श्रावण १६, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोना स‌ंक्रमितको संख्या १६ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा ५५,०७९ मा कोरोना पुष्टि, ७७९ को मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना महामारीबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय ९८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १४ हजार ७ सय २६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने करिब २ लाख ४८ हजार निको भएका छन् ।

गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ७२ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै एक करोड एक लाख रहेको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब ४५ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमण पुष्टि भएकामध्ये करिब १४ लाख निको भएका छन् ।

प्रकाशित : श्रावण १६, २०७७ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×