साम्राज्ञी भन्छिन्, ‘म डराउँदिनँ, अरुलाई गुहार्दिनँ, आफैं प्रतिवाद गर्छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै उनकै विरुद्ध अभिनेता/निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरे, साउन ९ गते । त्यसअगाडि भुवन र उनका नजिकका फिल्मकर्मीले सामाजिक सञ्जालमा उनीमाथि अनेक आक्षेप लगाएका थिए ।

छोटै समयमा लोकप्रियताको उचाईमा पुगेकी यी अभिनेत्री अहिले फिल्मक्षेत्रमा आफूले भोगेको विभेदविरुद्ध डटेर प्रतिवाद गर्दैछिन् । आफैं अदालत जाने तयारीमा छिन् । यही सन्दर्भमा यो विवादको चुरो, फिल्म क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहार र व्यक्तिगत भोगाईबारे साम्राज्ञीसँग गोकर्ण गौतमले गरेको कुराकानी :

प्रकाशित : श्रावण १६, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

कुटिएका सेक्युरिटी गार्डलाई सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासको सूचना

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि मलेसियास्थित नेपाली दूतावासले पीडितको पहिचान खोज्न सुरु गरेको छ ।

दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ ।

सेक्युरिटी गार्डमाथि कुटपिट भइरहेको भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि उक्त दृश्य मलेसियाकै रहेको र कुटिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन । भिडियोमा एक व्यक्तिले हिन्दी भाषा बोल्दै सुरक्षा गार्डको पोसाक लगाएको व्यक्तिलाई लट्ठीले पिटिरहेको देखिन्छ । मलेसियामा सुरक्षागार्डका रूपमा नेपालीलाई मात्र खटाइने गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले पीडितको पहिचान गर्न अनुसन्धान थालिएको बताए । ‘मलेसियाको सुरक्षा गार्ड सप्लाई गर्ने रोजगारदाताहरूका अध्यक्षसँग कुरा गरिसकेको छु । कुन कम्पनीमा कार्यरत हो भनेर पहिचान गर्न अनुरोध गरेको छु,’ उनले कान्तिपुरलाई भने, ‘रोजगारदाता संगठनका तर्फबाट घटनाको छानबिन गर्न शुक्रबार प्रहरीमा उजुरी परिसकेको छ ।’

प्रकाशित : श्रावण १६, २०७७ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×