१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

जब निकुञ्‍जकै कर्मचारीले चेपाङ बस्तीमा आगजनी गरे

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीसहितले आगो लगाएपछि उनीहरुको विचल्ली भएको छ ।

जब निकुञ्‍जकै कर्मचारीले चेपाङ बस्तीमा आगजनी गरे

बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा ओत लागेर बस्‍न बाध्य छन् । कोभिड-१९का कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन् समस्यामा पर्ने देखिन्छ ।

गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन् । अन्य घरहरु र खेतीबालीमा हात्ती लगाएर नष्ट गरिएको थियो । स्थानीय गंगामाया चेपाङले हात्तीसहित आएका निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताइन् ।

यो पनि पढ्नुहोस्ः

जो सपनामा पनि घर जलाइएकै देख्छन्

कुसुमखोलामा किन अड्किए १० घर ?

कुसुम खोलावासीलाई सधैं कष्ट

‘सुकुम्बासी हटाउन निकुञ्‍जकै निर्देशनमा आगजनी’

कुसुमखोलाका सुकुम्बासीमाथि जब निकुञ्‍ज आइलाग्यो

प्रकाशित : श्रावण १०, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?