कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छोटो समयमा एलिनाको लोभलाग्दो चर्चा

काठमाडौँ — के माया लाग्छ र ?' बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् । धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् ।

छोटो समयमा एलिनाको लोभलाग्दो चर्चा

लकडाउन खुकुलो भएसँगै १० वटा गीत रेकर्ड गराइसकेकी एलिनाले यसअघि कभर गीतबाट दर्शकबीच चर्चा कमाएकी थिइन् ।

आफ्नो स्वरकै कारण उनी चर्चामा आएको यो पहिलोपटक भने होइन । करिब १ वर्षअगाडी गायक कालीप्रसाद बास्कोटाको 'इन्स्टाको फोटो' बोलको गीतको 'रिप्लाइ भर्सन' गाएर चर्चामा आएकी थिइन् एलिना । त्योबेला भाइरल नै भएकी थिइन् । त्यसअघि पनि उनले विभिन्न गीतमा कभर गाइसकेकी थिइन् । 'इन्स्टाको फोटो'पछि उनलाई श्याम कार्कीको 'तिम्रो मायाले बाँधेर राख'बोलको गीतले चर्चामा ल्याएको हो ।

प्रकाशित : श्रावण ८, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?