१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोनाका कारण मानसिक तनाव भोग्दै स्वास्थ्यकर्मी

फातिमा बानु

काठमाडौँ — कोभिड–१९ रोगका कारण सर्वसाधारण त विभिन्न मानसिक समस्याबाट गुज्रिरहेका छन् नै यसले चिकित्सक र स्वास्थ्यकर्मीमा पनि उत्तिकै मानसिक असर गरेको छ । ‘जुनसुकै कारणले होस् मानसिक समस्या पैदा हुनु कमजोरी हो’ भन्ने गलत धारणाका कारण उनीहरू खुलेर आफ्ना समस्या भन्न रूचाउँदैनन् ।
त्रिविको चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) र राष्ट्रिय चिकित्सा विज्ञान र राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले १४ अस्पतालका चार सय ७५ जना स्वास्थ्यकर्मीमा गरेको एक अध्ययन अनुसार फ्रन्टलाइनमा खटिने ५४ प्रतिशतलाई कोभिडकै कारण असामान्य चिन्तासँग सम्बिन्धत मानसिक समस्या देखिएको छ । यस्ता समस्या भोग्ने २४ प्रतिशत नर्स, १३ प्रतिशत चिकित्सक र १७ प्रतिशत स्वास्थ्यकर्मी छन् ।

कोरोनाका कारण मानसिक तनाव भोग्दै स्वास्थ्यकर्मी

विशेषज्ञका अनुसार कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । जसका कारण उनीहरूमा एन्जाइटी, डिप्रशन र निन्द्रा जस्ता मानसिम समस्या भोगिरहेका छन् । यसै विषयमा मानसिकरोग विशेषज्ञ तथा चिकित्सक संघका केन्द्रिय सदस्य डा. रितेश थापासँग गरिएको कुराकानी :

प्रकाशित : असार ३१, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?