१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

'कोरोना जितेर घर फर्किएपछि पनि तनाव उत्तिकै'

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुकी ती युवती कोरोनामुक्त भएर काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एम्बुलेन्समा असार २५ गते अपराह्न ५ बजे घर आइपुगेकी थिइन् । नुहाएर खाजा खाइन् । परिवारका सदस्यहरू भेला भएर खुसियाली साटे । बेलुकाको खाना खाने बेला हुँदै थियो, दाइको मोबाइलमा प्रहरी र पाटन अस्पतालबाट फोन आयो । त्यसले उनीहरूको ओठतालु सुकायो । दुई घरमा रहेका ९ जनामा कोरोना संक्रमण भएको खबर प्रहरी र अस्पतालले सुनाएका थिए ।

'कोरोना जितेर घर फर्किएपछि पनि तनाव उत्तिकै'

महालक्ष्मी क्याम्पस नजिकै दाजुभाइका दुई घर सँगै जोडिएका छन् । अघिल्लो दिन २४ गते ती युवतीकी काकी र लुभुकै क्लिनिकका एक चिकित्सकलाई संक्रमण पुष्टि भएको थियो । सँगै स्वाब दिएका युवतीका आमा–बुबालगायत परिवारको रिपोर्टबारे सोधखोज गर्दा सबैको नेगेटिभ रहेको भनिएको थियो ।

९ जनामा एकैपटक संक्रमण पुष्टि भएको खबर आएको दिन उनीहरूलाई आइसोलेसनमा लगिएन । भोलिपल्ट दिउँसो १२ बजेतिर मात्रै उनीहरूलाई लिन एम्बुलेन्स आइपुग्यो । उनीहरू अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । कोरोनामुक्त भएकी ती युवती भने तनावमै छिन् । ‘मेरो कारणले सबैलाई सर्‍यो भनेर आफन्तले समेत अनेकखाले म्यासेज पठाउँछन्,’ उनले भनिन्, ‘के मैले सारूँ भनेर सारेको हो र ? मेरो बोलचाल र भेटसमेत नहुने काकाको घरमा बस्नेलाई पनि पोजिटिभ देखिएको छ । उहाँहरूलाई कसले सार्‍यो ?’

प्रकाशित : असार २९, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?