कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानसिक समस्याबारे भन्न नडराऔं : डा. रवि शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ महामारी त्रासले विश्वव्यापी रूपमै मानसिक रोगीको संख्या बढाएको तथ्यांकहरु बाहिरिएका छन् । संक्रमणको महामारी त चली नै रहेको छ । कोभिड–१९ को त्रास र लकडाउनको असरका कारण मानसिक रोगको महामारी आउँदै छ र त्यसका संकेतहरू देखिन थालिसकेका छन् । यो तथ्य विश्व स्वास्थ्य संगठनले नै सार्वजनिक रूपमा उजागर गरिसकेको छ ।

कोभिडसँगै मानसिक समस्या निकै बढेको छ । यो अझै भयाभह हुँदै जाने प्रक्षेपण गरिएको छ । लकडाउनका कारण यस्ता धेरै बिरामी अस्पतालसम्म आइपुग्न सकेका छैनन् । तथ्यांकमा बिरामी बढेको नै हो भन्ने देखाउन अहिले सकिँदैन । अस्पताल पुग्न नसकेका बिरामी फोन सम्पर्कमा आउँछन् । बिरामीको समस्या सुन्दाबुझ्दा मानसिक रोगी बढेको छ भन्न सकिन्छ । पाटन अस्पतालकै कुरा गर्नुपर्दा भर्ना गरेर उपचार गर्नुपर्ने खालका बिरामी बढेका छन् । २० बेडको मानसिक वार्डमा २१ जना भर्ना भएर उपचार लिइरहेका छन् ।

बिरामीमा मानसिक समस्या देखिने चरण अहिले सुरुवातमै छ । कोभिड–१९ प्रकोप फैलिएको ठाउँमा यसले बढी समस्या सिर्जना गरेको छ । क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमितलाई चिन्ताजन्य समस्या देखिएको छ । संक्रमितका परिवार र समुदायको मनोविज्ञानमा पनि उत्तिकै असर परेको छ । रोगको त्राससँगै लकडाउनका कारण झेल्नुपरेका अभावले पनि मानिसलाई मानसिक रूपमा विक्षिप्त बनाएको छ । चिन्ता र उदासीपनसँग सम्बन्धित समस्या बढी देखिएका छन् ।

प्रकाशित : असार २३, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

ओली-दाहाल वार्ता सकियो, बुधबार स्थायी कमिटी बैठक बस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीभित्रको विवाद मिलाउन लगातार छलफलमा जुटेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको मंगलबारको वार्ता सकिएको छ । दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा २ घण्टाभन्दा बढी वान टु वान वार्ता भए पनि ठोस सहमति भने अझै हुन नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

फाइल तस्बिर

सापकोटाका अनुसार लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबार बस्ने भएको छ । बैठक बस्नुअघि फेरि दुई अध्यक्षबीच पनि छलफल हुने भएको छ ।

सहमतिका लागि भन्दै ओली र दाहालबीच सोमबार पनि डेढ घण्टा वान टु वान वार्ता भएको थियो । आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।

असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको भन्दै बैठक रोकेर दुई अध्यक्ष वान टु वान वार्तामा बसेका हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार २३, २०७७ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×