३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अव्यवस्थित क्वारेन्टाइन र भोकले मृत्यु

जनकराज सापकोटा

बर्दिया — गत चैत ६ गते दुई छोरालाई साथमा लिएर बर्दिया गुलरिया ९ गोडियनपुरका जोद्धीप्रसाद गोडिया अछामको साँफेबगरमा सडक निर्माणको काममा गएका थिए । उनीसँंगै गाउँका अन्य १३ जना जना कामदार पनि थिए । लक डाउन सुरु भएपछि पनि उनले काम गरे । महिनादिन काम गरेपछि पनि ठेकेदारले उनीहरुलाई घर पठाउने सुर कसेनन् । जेठ ९ गते जोद्धीसहित सबैजना पैदल नै हिँडेर गाउँ फर्किन कस्सिए । 

अव्यवस्थित क्वारेन्टाइन र भोकले मृत्यु

भोकप्यासमै झण्डै साढे तीन दिनको पैदलयात्रा र एक दिनको गाडी यात्रापछि उनीहरु अत्तरिया आइपुगे । त्यहाँबाट बस भाडामा लिएर राति ९ बजे गुलरिया आइपुगे । स्थानीय प्रशासनले तीन घन्टा कुराएर उनीहरुलाई बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पुर्‍याइयो । तीन दिन हिँडाइको थकान र केही खान नपाएका जोद्धी निकै कमजोर भइसकेका थिए । तर क्वारेन्टाइनमा समयमै स्वास्थ्य जाँच र खानाको प्रबन्ध नहुँदा उनको स्वास्थ्य निकै कमजोर भयो । १४ गते बिहान उनले छोराको हातबाट एक घुट्को पानी पिए । लगत्तै उनको मृत्यु भयो ।

अभाव, गरिबी र भोकले जोद्धीको मृत्यु भएपनि उनका तीन छोराले संस्कार धान्न ऋण काढेर किरिया कर्म सुरु गरे । जोद्धीको मृत्युको दशौं दिनमा उनीहरुको घरमा छिमेकी र नातेदार आएका थिए । स्थानीय साहुबाट सयकडा ५ को व्याजदरमा ५० हजार कर्जा लिएर आफूहरुले दशौं दिनको भोज खुवाएको जोद्धीको जेठा छोरो शालिकरामले बताए । भोक र अभावले मृत्यु भएका जोद्धीको किरियामा लागेको ऋण उनका तीन छोराहरुले कहिले तिरिसक्लान् ?

प्रकाशित : जेष्ठ २६, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?