भय र त्रासमा उभिएको नरैनापुर [भिडियाे]

जनकराज सापकोटा

बाँके — गत वैशाख ४ गते अव्यवस्थित क्वारेन्टाईका कारण समयमै उपचार नपाएर नरैनापुर ६ नयाँबस्तीका २५ वर्षीय अनिश नाउको मृत्यु भएपछि नरैनापुर चर्चाको केन्द्रमा रह्यो ।

भय र त्रासमा उभिएको नरैनापुर [भिडियाे]

छोराको मृत्युको चित्तबुझ्दो कारण नदिएका कारण उनका बाबु लजिम मियाँ निराश देखिन्छन् । बुधबार उनकै घरमा पुग्दा लजिम घरायसी धन्दामा थिए । उनले छोराको मृत्युको चित्तबुझ्दो कारण कसैले नदिएको बताउँदै समयमै उपचार गरेको भए छोरा बाँच्ने थियो भनेर बताए ।

अनिशको मृत्युयता नरैनापुरमा संक्रमितको संख्या मात्रै बढेको छैन, भारतबाट आउनेहरुको संख्या पनि निरन्तर जारी छ । मृतक अनिशको टोल पुग्दा स्थानीयहरु गाउँपालिकाले बाढेको कपडाको हरियो मास्क लगाएर जिज्ञासु नजरले बाटो तिर उभिएको देखिए ।

भारतबाट आएका एक सय ५३ जनालाई क्वारेन्टिनमा राखिरहेको बांकेको नरैनापुरवासीमा कोरोनाको भय र त्रास भन्दा धेरै संशयहरु धेरै छन् । बुधबार नरैनापुर पुग्दा स्थानीयहरुले कोरोना संक्रमण कहिले सकिने हो र सामानय जीवनयापनमा फर्किन पाइने हो भन्ने जिज्ञासा राखे ।

टहरा जस्ता विद्यालयमा बनेका अव्यवस्थित क्वारेन्टाइनका कारण नरैनापुर अझै पनि जोखिमबाट बाहिर आइसकेको छैन । ७ सय ९ जना क्वारेन्टाइनबाट संक्रमण पुष्टि नभएपछि घर फर्के पनि नरैनापुरमा भारतबाट आएका थप नयाँमा फेरि संक्रमण देखिने हो कि भन्ने डर देखिन्छ । गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले अझै पनि अनुमानित एक हजार स्थानीय भारतबाट आउन सक्ने सुनाए । उनले भने, ‘बिहीबार पनि ४० जना मुम्बईबाट आउँदैछन् ।’

प्रकाशित : जेष्ठ २२, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?