कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाँकेमा दुर्घटनाका घाइते भन्छन्- ‘बिस्तारै हाँक्नुस् भन्दा चालकले मानेनन्’

काठमाडौँ — कोरोना संक्रमणबाट जोगिन भारतबाट स्वदेश फर्केका युवा हन्डर खाँदै नेपाल भित्रिए । नेपालगन्जबाट सल्यान जान ५ ख ५९९५ नम्बरको भ्यानमा चढेर घर फर्कने बेला राप्ती सोनारी गाउँपालिका–२ ठुरे जंगलमा दुर्घटना भयो ।

बाँकेमा दुर्घटनाका घाइते भन्छन्- ‘बिस्तारै हाँक्नुस् भन्दा चालकले मानेनन्’

पूर्वतर्फबाट आइरहेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको ज्यान गएको छ । कोरोना रोकथामका लागि जारी लकडाउनका कारण आवागमन सुविधा सहज नहुँदा र राज्यले नागरिक सुरक्षामा पहल नगर्दा यो विभत्स दुर्घटना भएको देखिन्छ ।

दुर्घटनामा परेर घाइते भएका रोल्पाका सुनिलकुमार परियारले मध्यरातमा एक्कासि ट्रक र भ्यान जुधेको बताए । भ्यान तीव्र गतिमा रहेको घाइते परियारले बताएका छन् । २० जना अट्ने भ्यानमा चालक सहचालक र यात्रु गरी ३३ जना सवार थिए । दाङका ६, रोल्पाका ५ र सल्यानका १० जना घाइते छन् ।

राज्यले बस्ने बास र जाने सुविधा दिन नसक्दा तीन दिनदेखिका भोका र अनिँदा युवालाई एक निजी भ्यानले क्षमताभन्दा दोब्बर संख्यामा राखेर साविकभन्दा ‘चौबर’ भाडा लिएर उनीहरूको घरतर्फ लैजाँदै गर्दा बाँकेमा दुर्घटना भयो ।

प्रकाशित : जेष्ठ २०, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?