कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काँठका किसानलाई गहुँ भित्राउने चटारो

दिपेन्द्र रोक्का

काठमाडौँ — लकडाउनमा पनि सरकारले धानबाली लगाउन र भित्राउन राेकटाेक नगर्ने भएपछि हाल काँठ क्षेत्रका किसान गहुँ भित्राउने चटारोमा छन् ।

काँठका किसानलाई गहुँ भित्राउने चटारो

पहिलेका वर्षभन्दा यस वर्ष १ हप्तापछि गहुँ काटेको किसानहरु बताउँछन् । जारी लकडाउनको मारमा आफ्नो पेट पाल्न र आफूले लगाएको अन्नबाली भित्राउन यतिबेला उनीहरु व्यस्त छन् ।

लकडाउनकै कारण भक्तपुरको चाँगुनारायण क्षेत्रमा काम गर्ने खेतालाको कमी भएपछि गाउँलेहरु आफै मिलेर एक- अर्काको खेतमा सघाउँदै छन् । प्रतेक ४ घण्टाको ३०० रुपैयाँ पनि कमाउँछन् उनीहरु । लकडाउनमा घरभित्रै बसे आफूहरु भोकै पर्ने उनीहरुले सुनाए । असाेज र कात्तिकमा छरिएको गहुँ अहिले घर भित्राउन पाउँदा किसानहरु खुसी छन् । तर लकडाउन अझै लम्बिँदै गएमा धान रोपाइँमा समस्या आउन सक्ने आशंका उनीहरुले गर्न थालिसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?