कोरोना प्रभाव : पेट्रोलपम्पमा घन्टाैं लाइन

दिपेन्द्र रोक्का

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व बजारमा इन्धनको मूल्य घटेसँगै सरकारले सोमबार मध्यरातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा २ रुपैयाँ घटायो । इन्धनको मूल्य अझ घट्‍न सक्‍ने भन्दै पेट्रोल पम्पहरुले पेट्रोल नझिकाउँदा बजारमा त्यसको प्रभाव देखिन थालेको छ । राजधानीका पेट्रोल पम्पहरुमा सर्वसाधरणहरु घन्टौंसम्म लाइनमा बस्‍न बाध्य भए ।

पेट्रोल पम्प व्यवसायीले भने कोरोना सन्त्रासका कारण सर्वसाधणले पेट्रोल सञ्चय गर्न थालेपछि पम्पहरुमा भीड लागेकाे बताए। आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मंगलबारको संयुक्त अनुगमनमा पम्प सञ्चालकहरुले पेट्रोलको मूल्य १५ रुपैयाँसम्म घट्ने हल्ला चलेका कारण घाटा हुने देखेर निगमको डिपोबाट इन्धन उठाउन नसकेको बताए।

यी पनि पढ्नुहाेस् :

प्रकाशित : चैत्र ४, २०७६ २१:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुरक्षित मातृत्व ऐन बाझियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकको नयाँ ‘कर्मचारी सेवा विनियमावली’ मा सुत्केरी बिदाबारेको व्यवस्था संविधान र ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ सँग बाझिएको छ ।

बैंकले दुई साताअघि ल्याएको विनियमावलीमा बैंक/वित्तीय संस्थामा कार्यरत महिला कर्मचारीले ६० दिनभन्दा बढी बिदा लिए अन्य बिदाबाट कट्टी हुने भनिएको छ ।

महिला कर्मचारीले प्रसूति हुनुभन्दा अघि र पछि १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउने भनिए पनि ६० दिनसम्मको मात्रै पूरा तलब भत्ता पाउने उल्लेख छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको प्रसूति बिदाको अधिकारमा भने ‘सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकार हुने’ भनिएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीले श्रम ऐन २०७४ बमोजिम विनियमावलीमा सुरक्षित मातृत्व व्यवस्था तोकिएको बताए । ‘न्यूनतम बिदा हो त्यो, थप बिदा लिँदाचाहिँ श्रम ऐनअनुसार तोकेका छौं,’ उनले भने ।

अधिवक्ता मीरा ढुंगानाले मातृत्व अधिकारसँग जोडिएको व्यवस्था ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ सँग आकर्षित हुने भएकाले नेपाल राष्ट्र बैंकको विनियमावली खारेज हुने बताइन् । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनविपरीत व्यवस्था त यो वा त्यो बहानामा ल्याउन मिल्दै मिल्दैन, यसविरुद्ध रिट गर्न सकिन्छ, खारेज हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : चैत्र ४, २०७६ २१:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×