के हो क्‍वारेन्टाइन र आइसोलेसन भनेको ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण विश्वका अधिकांश मुलुकमा फैलिएसँगै सही सूचना र जानकारी नपाउँदा धेरै मानिस त्रसित र आतंकित बनेका छन् । प्राविधिक शब्द र औषधोपचारका तौरतरिका सुन्दा विश्वका विकसित मुलुक मात्रै होइन, नेपालीहरु पनि केही डराएको र त्रसित रहेको बुझ्न सकिन्छ । क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, आइसोलेसन, सेल्फ आइसोलेसन वार्ड जस्ता शब्दहरु धेरैले बुझेका छैनन् । 

अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नो’ बाट आएको हो । जसको अर्थ ‘चालिस दिन’ भन्ने हुन्छ । चौधौं शताब्दीतिर इटालीको भेनिसमा आउने जहाज तथा मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । समुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए/नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले सरुवा रोगको संक्रमण नफैलियोस् भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ ।


सरुवा रोगमा शंकास्पद र पुष्टि भएका दुईथरी केस हुन्छन् । कसैलाई ज्वरो आयो, खोकी लाग्यो, श्वास फेर्न गाह्रो भयो त्यो शंकास्पद केस भयो । त्यही शंकालाई सरुवा रोग(अहिलेको सन्दर्भमा कोरोना भाइरस) हो कि होइन भन्ने थाहा पाउन परीक्षण गरिन्छ । परीक्षणमा रोग लागेको पुष्टि भयो भने त्यस्ता व्यक्तिलाई आइसोलेसन(अलग्गै) मा राखिन्छ । इपिडियोमोलोजीको सिद्धान्तअनुसार बिरामी मान्छेलाई साधारण मान्छेबाट अलग राख्ने प्रक्रिया नै आइसोलेसन हो । बिरामी मान्छेलाई अलग्गै नराखे यसले अरुमा पनि संक्रमण फैलाउने सम्भावना रहन्छ ।थोरैभन्दा थोरै क्षति होस् र चाडै नै संक्रमण रोकियोस् भनेर रोगी मान्छेलाई अलग्गै राखिन्छ ।


सरुवा रोग लागेको पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका जतिलाई त्यो रोगको लक्षण देखिन्छ कि भनेर क्वारेन्टाइनमा राखिन्छ । बिरामीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्ने भन्दै शंकास्पद व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएको छ । इपिडोमियोलोजीको सिद्धान्तमा रोग नियन्त्रण तथा रोकथामका लागि आइसोलेसन र क्वारेन्टाइन महत्वपूर्ण उपाय हुन् ।

प्रकाशित : चैत्र १, २०७६ १६:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

माैसम परिवर्तनसँगै डेंगु देखियाे

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग पनि देखिन थालेकाे छ। इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।

कहाँ कति बिरामी ?

प्रदेश नं. १ : ६ जना (झापा - १, मोरङ -३, सुनसरी -२)

वाग्मती प्रदेश : ९ जना (नुवाकोट -१, काठमाण्डौं -३, ललितपुर -३, रामेछाप -१, मकवानपुर -१)

गण्डकी प्रदेश : ५ जना (गोरखा -१, म्याग्दी -१, कास्की -२, नवलपरासी सुस्ता पूर्व -१)

प्रदेश नं. ५ : १४ जना (नवलपरासी सुस्ता पश्चिम -१, रुपन्देही -११, कपिलवस्तु -१, बाँके -१)

सुदुरपश्चिम प्रदेश : २ जना (डडेलधुरा -१, कैलाली -१)

प्रकाशित : चैत्र १, २०७६ १६:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×