अस्पताल भर्ना हुनुअघि भिडियो सन्देशमा के भने प्रधानमन्त्री ओलीले ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका उनले भिडियोमार्फत सन्देश मार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताउँदै लोकतन्त्र र स्वतन्त्रताको लागि संघर्ष गरेकैले आफ्नो स्वास्थ्यमा समस्या आइरहेको दाबी गरेका छन्।
प्रकाशित : फाल्गुन १९, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रमाउँदै घर फर्किए चीनबाट उद्धार गरिएकाहरु [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएकाे छ । साेमबार आएकाे रिपाेर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएकाे हाे । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएकाे हाे । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे ।हेर्नुहाेस् तस्बिरहरु :


प्रकाशित : फाल्गुन १९, २०७६ १८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×