भिडियोमा खाेकना पर्यटन महाेत्सव

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ मानिन्छ। साथै यो ठाउँ भुटेको तोरीका तेलका लागि प्रख्यात मानिन्छ।

भिडियोमा खाेकना पर्यटन महाेत्सव

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट खोकना प्रभावित बन्न पुग्यो तर पनि स्थानीय वासिन्दाले संस्कृति जोगाउनका लागि मरिमेटेका छन् ।आफ्नो मौलिक परम्परा, सीप र पहिचान जोगाइ समृद्धितर्फ अग्रसर भएको सन्देश दिन खोकना पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

फागुन ९ गते शुक्रबारदेखि सुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ । महोत्सवमा नेवारी मौलिकता झल्काउने घरहरु, परम्परागत लाखेनाच, नेवारी खाजाका परिकार, पाटी र चोकचोकमा परम्परागत दाफाहरु र भजन प्रदर्शन आदि महोत्सवका आकर्षण रहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?