भिडियोमा खाेकना पर्यटन महाेत्सव

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ मानिन्छ। साथै यो ठाउँ भुटेको तोरीका तेलका लागि प्रख्यात मानिन्छ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट खोकना प्रभावित बन्न पुग्यो तर पनि स्थानीय वासिन्दाले संस्कृति जोगाउनका लागि मरिमेटेका छन्।आफ्नो मौलिक परम्परा, सीप र पहिचान जोगाइ समृद्धितर्फ अग्रसर भएको सन्देश दिन खोकना पर्यटन महोत्सवको आयोजना गरिएको हो।

फागुन ९ गते शुक्रबारदेखि सुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ। महोत्सवमा नेवारी मौलिकता झल्काउने घरहरु, परम्परागत लाखेनाच, नेवारी खाजाका परिकार, पाटी र चोकचोकमा परम्परागत दाफाहरु र भजन प्रदर्शन आदि महोत्सवका आकर्षण रहेका छन्।
प्रकाशित : फाल्गुन १०, २०७६ २०:४९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुस्तकको कर हटाउन त्रिविको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले पुस्तक आयातमा लगाइएको कर हटाउन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई आग्रह गरेको छ । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेर पुस्तकमा कर लगाउने निर्णय पुनरावलोकन गर्न आग्रह गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट विदेशमा मुद्रण भई आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउन थालेको हो। भन्सार महसुलका कारण विदेशी पाठ्यपुस्तक नपाइने र महँगो हुने गरेको विद्यार्थीले गुनासो गर्दै आएका छन्। विश्वविद्यालयका अधिकांश पाठ्यपुस्तक विदेशबाट आयात हुन्छन्। १० प्रतिशत कर लगाउने सरकारी निर्णयका कारण चालु आर्थिक वर्षको ६ महिनामा पुस्तक आयात ३४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ।

‘विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तक मात्र नेपालमा पाइन्छन्, विद्यार्थी र शिक्षक विदेशमा प्रकाशित पुस्तकमा भर पर्नुपर्ने बाध्यता छ,’ उपकुलपति कार्यालयले पठाएको पत्रमा भनिएको छ, ‘थप कर लागेपछि पुस्तक महँगो हुने र त्यसले विद्यार्थी तथा शिक्षकको पठनपाठनमा असर पर्ने गरेको छ।’

कर लगाइएपछि विद्यालय तहदेखि उच्च शिक्षाको पाठ्यपुस्तक बजार खुम्चिएको छ। मेडिकल, इन्जिनियरिङ लगायत उच्च शिक्षाका प्राविधिक धारका अधिकांश पुस्तक विदेशबाटै आयात हुने गर्छन्। त्रिवि पाठ्यक्रम विकास केन्द्रका प्रमुख पारसनाथ यादवले स्नातकोत्तर तहका पुस्तकका लागि विदेशी प्रकाशनमै भर पर्नुपर्ने अवस्था रहेको जनाए।

मुलुकमा सञ्चालित अन्य विश्वविद्यालयका विद्यार्थीले समेत करका कारण पुस्तक महँगो हुने गरेको गुनासो गरेका छन्। व्यवसायीले पुस्तकमा लगाइएको कर हटाउन सरकारलाई आग्रह गर्दै आएका छन्।

प्रकाशित : फाल्गुन १०, २०७६ २०:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×