कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विदेशीले खेले ४८ सय मिटर उचाइमा आइस स्केटिङ र हक्की 

कान्तिपुर संवाददाता

गोक्यो, सोलुखुम्बु — भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ को दिन ‘नेपाललाई माया गरौं भन्ने नारासहित गोक्यो ताल–३ मा स्केटिङ तथा आइस हक्कीको सफल परीक्षण गरियो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र नेपालमा पनि सहासिक खेल पर्यटनको सम्भावना छ भनेर स्केटिङ तथा आइस हक्कीको आयोजना गरिएको हो । 

विदेशीले खेले ४८ सय मिटर उचाइमा आइस स्केटिङ र हक्की 

खेल सुरु हुनुभन्दा पहिला नै तालमा गएर विशेषज्ञ टोलीले तालमा कति इञ्चसम्म पानी जमेको छ भनेर जाँच गरेका थिए ।


विशेषज्ञका अनुसार तालमा करिव १३ इञ्च भन्दा बाक्लो हिउँ जमेपछि स्केटिङ तथा हक्की खेल खेल्न सकिन्छ । खेलका लागि हिउँ मैदान तयार पारिएको थियो ।


गोक्यो ताल–३ भन्दा माथिका तालहरुमा नोभेम्वरदेखि मार्चसम्म १२ इञ्चभन्दा बढी बाक्लो हिउँ जम्छ ।


स्केटिङ तथा आइस हक्कीको लागि भारत, क्यानडा, रसिया, अमेरिका लगायतका १७ जना खेलाडी गोक्यो ताल पुगेका थिए ।


४८०० मिटर उचाइमा रहेको उक्त तालमा करिव ३ घण्टा स्केटिङ तथा हक्की खेलिएको थियो ।


जाडो समयमा बाहृय पर्यटकहरुको चहलपहल कम हुने भएकोले अफ सिजनमा पनि पर्यटक भित्र्याउन यस्ता खेलले सहयोग पुग्ने आयोजक नेपाल भ्रमण वर्षको सचिवालयको आशा छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?