हत्यापछि आत्महत्या !

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

ZenTravel

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित : माघ २८, २०७६ १२:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वसचिव कार्कीकी पत्‍नीको घाँटी थिचेर हत्या भएको पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबर बिहान अचेत अवस्थामा भेटिएकी कार्कीलाई उपचारका लागि स्टार अस्पताल पुर्‍याइए पनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको थियो ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी उच्च स्रोतका अनुसारकामदार विजय चौधरीको पनि झुण्डिएकै कारण मृत्यु भएको देखिएको छ।

'पोस्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार कार्कीको मृत्युकाे कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) हो। मृतकमा म्यासिभ हेड इन्जुरी देखिएको पनि मृत्युको कारण भने स्ट्रांगुलेसन नै हो,' उनले भने, 'यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको देखिएको छ।'

यो पनि पढ्नुहोस् : हत्यापछि आत्महत्या !

महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको यसअघि नै दाबी गर्दै आएको छ। प्रहरी स्रोतका अनुसार कार्कीको हत्या पछि चौधरीले आत्महत्या गरेको स्पष्ट भइसकेका कारण घटना हुनुको पछाडिको कारण पहिलाउने तर्फ अनुसन्धान केन्द्रित गरिएको छ।




प्रकाशित : माघ २८, २०७६ १२:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×