'किन अन्त खोज्छौ सरकार रेलको ड्राइभर ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत पन्जाबको लुधियानादेखि जम्मु–कश्मीर र लुधियाना–दिल्ली रेल चलाएका गुल्मीका बमबहादुर घिमिरे आफ्नै मुलुकमा सीप प्रयोग गर्न आतुर छन् ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न सरकारले चालकलगायत कर्मर्चारी खोजेका बेला दिल्ली–लुधियाना रेलवे सेवाका अनुभवी चालक बमबहादुर घिमिरे नवलपरासी जिल्लाको तमासपुर गाउँमा फुर्सदमा छन् ।

नेपालमा सरकारले रेल विभाग स्थापना गरेको छ । त्यसका लागि सरकारले विदेशबाट दक्ष जनशक्ति नियुक्त गर्ने सरकारले हालै निर्णय गरेको छ । रेल सेवा चलाउन नेपाली जनशक्ति तयार नभएसम्म नियुक्त गर्ने सरकारको तयारी छ ।


नेपालमा पनि रेल चल्ने भएको कुरा बलबहादुरले समाचार पढेर थाहा पाएका छन् । सरकारले चाहेमा नेपाली युवालाई सीप सिकाउने उनको इच्छा छ । ‘मैले अत्याधुनिक रेल इन्जिनबारे भारतीय सरकारी कम्पनीबाट कोर्स पूरा गरेको छु । मर्मतसम्भार गर्ने सीप पनि मसँग छ,’ उनी भन्छन्, ‘सरकारले चाहेमा म आफ्नै देशमा सेवा गर्न सक्छु । यो मेरा लागि अत्यन्त खुसीको क्षण हुनेछ ।’


प्रकाशित : माघ २७, २०७६ १६:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्तो छ प्रस्तावित विद्युत महसुल दर

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चालक समितिको निर्णय अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको प्रस्तावित नयाँ दर स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पठाएको छ । आयोगको स्वीकृतिपछि मात्रै नयाँ विद्युत दर लागू हुनेछ ।

प्राधिकरणले आयोगमा पठाएको प्रस्तावित महसुल दर अनुसार घरायसी ग्राहकले बढी विद्युत खपत गर्दा बढी महसुल तिर्नुपर्ने पुरानो प्रावधानलाई परिमार्जन गरिएको छ भने मासिक १० यूनिटसम्म मात्रै विद्युत खपत गर्नेलाई ३० रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, औद्योगिक ग्राहकको महसुल दरमा पनि परिमार्जनको प्रस्ताव गरिएको छ ।

कुन ग्राहकलाई कस्तो महसुल दर प्रस्ताव गरिएको छ तल हेर्नुहोस्:

प्रकाशित : माघ २७, २०७६ १६:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×