यी हुन् ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले मुद्दा लगाएका आरोपीहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ZenTravel

बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेसँगै गच्छदारको सांसद पद स्वत निलम्बनमा परेको छ। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

अख्तियारले मुद्दामा पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधार सचिव बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख ७६ हजार विगो मागदाबी गरेको छ।

भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङविरुद्ध ५० करोड,भू-माफिया भनेर किटान गरेका डा. शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ।अख्तियारको आरोपपत्रमा सुवेदीकी पत्नी माधवी सुवेदीसँग ९१ लाख तथा शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरिएको छ।

त्यस्तै पूर्व भूमिसुधार सचिव दिनेशहरि अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री चन्द्रदेव जोशीमाथि पनि ७ करोड ८ लाख विगो मागदावी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो। ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन्। ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरु हुन्।

पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाल तथा पूर्व मन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्यसचिव लिलामणि पौडेलविरुद्ध भने मुद्दा दायर गरिएको छैन।

प्रकाशित : माघ २२, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भाटभटेनी सञ्‍चालक गुरुङलाई ५० करोड, मुख्य योजनाकार ढकाललाई ३९ र सुवेदीलाई ५२ करोड भ्रष्टाचार मुद्दा

कृष्ण ज्ञवाली

काठमाडौँ — ललिता निवास जग्गा अनियमितता प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

यस्तै, ललिता निवास जग्गा छानविन समितिले भू-माफिया भनेर किटान गरेका डा. शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ। ढकाल र सुवेदी यो जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार हुन्।

अख्तियारको आरोपपत्रमा सुवेदीकी पत्नी माधवी सुवेदीसँग ९१ लाख तथा शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरिएको छ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : माघ २२, २०७६ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×