'क्रिकेटमा पनि छ करिअर'

नमिता दाहाल, दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौंमा मात्रै नभएर पूरै देशभरि क्रिकेटको क्रेज बढ्दै गएको छ । त्यसको फलस्वरूप काठमाडौं उपत्यका र देशभर नै पनि विभिन्न ठाउँहरुमा सानै उमेरदेखि क्रिकेट सिक्नेको संख्या बढ्दो छ ।

ZenTravel

स्कुलको पढाइसँगै क्रिकेट एकेडेमी मै गएर औपचारिक रुपमा क्रिकेट सिक्नेको संख्यामा बढोत्तरी भएको विभिन्न एकेडेमीबाट प्राप्त तथ्यांकले पनि देखाउँछन्।

सानै उमेरमा बालबालिका तथा अभिभावकको क्रिकेट एकेडेमीमाथि देखिएको लगावले नेपालमा क्रिकेटलाई करिअरका रुपमा लिने जमात बढ्दै गरेको स्पष्ट हुन्छ। पहिले क्रिकेटमा करिअर नै छैन भन्नेहरुको सोच पनि केही बदलिएको छ।यसका सहज उदाहरण हुन् अहिले बच्चालाई आफैं क्रिकेट एकेडेमी छोड्न र लिन जाने अभिभावकहरु।

प्रकाशित : माघ २१, २०७६ १८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रोजगारीको व्यवस्था गर्न माग गर्दै प्रतिनिधिसभामा विशेष महत्वको प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभित्र रोजगारीका दीर्घकालीन प्रबन्ध मिलाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद डिला संग्रौलाले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । 

सांसद संग्रौलाको प्रस्ताव तथा सञ्जय गौतम र रामबहादुर विष्टको समर्थनमा दर्ता गरिएको प्रस्तावमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम छलफल गर्न माग गरिएको छ।सार्वजनिक महत्वको प्रस्तावमा ४ कारणले छलफल हुनुपर्ने कारण उल्लेख गरिएको छ।

वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, वैदेशिक रोजगारीका तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न, वैदेशिक रोजगारीमा पुगेर अहिले विभिन्न देशका अस्पतालमा कोमामा वर्षौंदेखि रहेकाहरुको उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्न तथा सरकारले मलेशिया सरकारसँग गरेको सम्झौता सम्झौता अनुसार शून्य लागतमा कामदार पठाउने व्यवस्था मिलाउन निर्देशन दिन प्रस्तावमा छलफल गर्नु पर्ने उल्लेख गरिएको छ।

४० लाख नेपाली युवा रोजगारीका लागि विदेशका सहरहरूमा रहेको प्रस्तावमा उल्लेख छ। विगत एक दसकमा सात हजार ३ सय ९० जना नेपाली युवा वैदेशिक रोजगारीमा गएको वेला प्राण त्याग्न बाध्य भएको भन्दै प्रस्तावमा मुलुकभित्रै रोजगारीको वातावरण खोज्न माग गरिएको छ।

प्रकाशित : माघ २१, २०७६ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×