नेपालमा कसैमा कोरोना भाइरस छैन, भएका ठीक भइसके : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखा नपरेकाले त्रसित नहुन आग्रह गरेका छन् । नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले कोरोना भाइरसबारे बोलेका हुन् ।

ZenTravel

‘तर सजग हुनुस्,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, दिनको नौ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ ।’उनले अहिले नेपालले दिनको तीन हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन् ।

प्रकाशित : माघ २०, २०७६ ११:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दया होइन, हौसलाको खाँचो

रुपा गहतराज

नेपालगन्ज — कन्हैयालाल राना जन्मिँदा आँखामा कुनै समस्या थिएन । एक वर्षको उमेरमा आँखामा संक्रमण भएपछि उनको दृष्टि गुम्यो । ४४ वर्षीय उनलाई अहिले संसार देखे/नदेखेको भेउ छैन । पाँच सन्तानमध्ये कान्छा कन्हैया चलाख थिए । परिवारले विद्यालय भर्ना गराए । उनलाई गणितमा रुचि थियो । काठमाडौंबाट स्नातक उत्तीर्ण गरे । अहिले उनी मंगलप्रसाद माविमा कक्षा ८ सम्म पढाउँछन् । ०६० सालबाट स्थायी शिक्षक भएका छन् । 

‘विद्यार्थीलाई नियन्त्रणमा राख्ने विषयवस्तुले हो,’ रानाले भने, ‘आफूमा आत्मविश्वास भए समस्या हुँदैन ।’ दृष्टिविहीनसँगै अन्य विद्यार्थीलाई पनि राखेर पढाउँछन् । ‘सुरुमा अभिभावक कसरी पढाउनु हुन्छ भनेर अचम्म मान्थे,’ उनले भने, ‘कथा, चुट्किला भनेर विद्यार्थीलाई आकर्षित गर्छु ।’ उनी पुस्तकबिना व्याख्यात्मक विधिबाट पढाउँछन् । विद्यालयमा अहिले तीन जना दृष्टिविहीन शिक्षक छन् । ५० जना दृष्टिविहीन बालबालिका पढ्छन् । ‘पहिला ब्रेललिपिमा पुस्तक हुन्थेनन् । किताबलाई ब्रेललिपिमा अनुवाद गरेर पढाउनु पर्थ्यो,’ रानाले भने, ‘सुरुमा अनिवार्य विषयमात्र ब्रेललिपिमा हुन्थे ।’

३६ वर्षीय भोलानाथ त्रिपाठी जन्मजात देख्दैनन् । सुनेर मात्र सबै कुरा बुझ्छन् । कास्कीबाट उनको परिवार ०३६ सालमा बर्दिया बसाइँ सरेको थियो । उनी कन्हैयालालका चेला हुन् । ०४५ सालमा त्रिपाठी मंगलप्रसाद माविमा भर्ना भएका थिए । त्यहीँबाट एसएलसी दिए । शिक्षामा स्नातक उनी अहिले स्नातकोत्तर गरिरहेका छन् । ०६२ सालदेखि अस्थायी दरबन्दीमा उनले मंगलप्रसाद माविमै पढाइरहेका छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक, स्वास्थ्य तथा नैतिक शिक्षा पढाउँछन् । पढाउन रत्तिभर कठिन लाग्दैन । छलफल विधिबाट पढाउन मन पराउँछन् । प्रदर्शन विधि कम प्रयोग गर्छन् । ‘हाम्रा लागि प्रदर्शन विधिले समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले सुनेका भरमा पढाउनु पर्छ ।’ सानैदेखि पढाइमा तेज उनी अहिलेका बालबालिकामा पढ्ने मोह कम भएको बताउँछन् । ‘हामीलाई पढेर केही गरौंला भन्ने जोस आउँथ्यो,’ उनले भने, ‘अहिलेका विद्यार्थीलाई खेल्ने र घुम्ने कुरामा मोह छ ।’

नेपालगन्जका भावुकजंग थापा व्यवस्थापनमा केही गर्ने सोच बनाएर पढिरहेका थिए । खेल भनेपछि हुरुक्कै हुन्थे । ह्यान्डबल खेल्थे । त्यही क्रममा उनको आँखामा चोट लाग्यो । एउटा आँखाले देख्न छाड्यो । चोटले अर्को आँखामा पनि असर गर्‍यो । २२ वर्षमा दुवै आँखाको दृष्टि गुम्यो । ०५६ सालमा शिक्षकको जागिर खुलेपछि उनले निवेदन दिए । सबै प्रक्रिया पूरा भयो । जिल्ला शिक्षाले साबिकको राप्तीपारिको नेराप्रावि गुलरी फत्तेपुरमा पठायो । त्यहाँका प्रअले सुरुमा उनलाई राख्न अस्वीकार गरे । आफूले पुस्तक नहेरेर पनि पढाउन सक्ने विश्वास दिलाएपछि प्रअ उनलाई राख्न राजी भए । एक वर्षसम्म फत्तेपुरमा बसेर पढाए । ०५७ सालबाट नेराप्रावि बागेश्वरीमा पढाउँछन् । ०६३ सालमा स्थायी भए । कक्षा ३ मा उनी गणितबाहेक सबै विषय पढाउँछन् । ‘हामीलाई दया होइन, सकारात्मक हौसला चाहिन्छ,’ उनले भने, ‘दृष्टिविहीन भए पनि क्षमता भएकाले राम्रो गरिरहेका छन् ।’

प्रकाशित : माघ २०, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×