धनुषामा बम विस्फोट भएपछि

सन्तोष सिंह

जनकपुर — धनुषाको क्षीरेश्वर नगरपालिका–५ मा शुक्रबार मध्यराती बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

विस्फोटमा मृत्यु हुनेहरुमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह छन् । सख्त घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक आमिर दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।


घाइतेहरुको उपचार हुँदै


घटनामा प्रहरीका अर्का एक जवान रिजनाथकुमार महतो पनि सख्त घाइते छन् । राजेश्वरकै १९ वर्षीया छोरी अञ्जली साह र १५ वर्षीय छोरा प्रकाश साहको धरानमा उपचार भइरहेको छ ।


यी पनि पढ्नुहाेस्

धनुषा बमकाण्ड : टोल घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो आरोपी

धनुषा बम विस्फोट : ‘शंकास्पद झोला लट्ठीले सार्न खोज्दा पड्कियो’

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु [अपडेट]

धनुषामा बम विस्फोट हुँदा बाबु-छोराको मृत्यु, ४ सुरक्षाकर्मी घाइते


प्रकाशित : मंसिर २८, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्

आशंका बमको, भेटियो चरेस

कमल पन्थी

बर्दिया — ठाकुरबाबा—२ सिंहवाहिनी भुरीगाउँमा सडकमा फालिएको शंकास्पद वस्तु निस्क्रिय पार्दा ११ किलो चरेस फेला परेको छ । स्थानीय सडकमा फालिएको झोला देखेपछि बमको आशंका गर्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


सिंहवाहिनी क्याम्पस नजिक कालो झोला पूर्व पश्चिम राजमार्ग नजिक फेला परेको थियो । शंकास्पद झोला भएको जानकारी पाउना साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगेका थिए ।

बम भएको भन्दै निस्क्रिय पार्न खोज्दा झोलाभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । प्रहरीले राजमार्गमा गुड्ने सवारी साधन तीन घण्टा आउजाउमा रोक लगाएको थियो ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा तस्करले चरेस फालेर गएको आशंका गरेको बताए ।

प्रकाशित : मंसिर २८, २०७६ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×