भिडियोमा हेर्नुहोस् सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औँ दक्षिण एसियाली खेलकुदको मंगलबार साँझ समापन भएको छ । समापन कार्यक्रममा आतिशबाजी र ड्रोन प्रयोग गरेर बनाइएका आकृतिकहरुले ध्यान खिच्नुका साथै चर्चा बटुले । दशरथ रंगशालामा आयोजित समापन समारोहमा १५० वटा ड्रोनले बनाएका आकृतिहरुले चर्चा बटुले।

पहिलोपटक ड्रोनको प्रयोग गरेर आकाशमा नेपालको राष्ट्रिय झण्डा, नक्सा, गौतम बुद्धको आकृति बनाइएको थियो। १३औँ सागमा नेपालले ५१ वटा स्वर्ण जित्दै इतिहास रचेको छ । १४औँ साग पाकिस्तानमा हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

ब्रिटिस गोरखाका धेरै समस्या समाधान भइसके : बेलायती राजदूत

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता
कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहाासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भयो ।

भेटमा गृहमन्त्री थापाले पोल्लिटको कार्यकालमा दुई देशको सम्वन्ध थप उचाईमा पुग्ने बताए । उनी बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुत हुन ।

बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या समाधानका लागि पहल गरिदिन गृहमन्त्री थापाले राजदुत पोल्लिटलाई आग्रह गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता आशा व्यक्त गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि बेलायतले दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माणमा बेलायतले गर्दै आएको सहयोग निरन्तरताको अपेक्षा पनि मन्त्रीले गरेको भट्टराईले बताए ।

राजदूत पोल्लिटले नेपाल र बेलायतबीच एैतिहाासिक सम्बन्ध रहेको उल्लेख गर्दै इतिहासदेखिनै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताइन ।

बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे बेलायत गम्भिर रहेको राजदूत पोल्लिटको भनाई थियो ।

उनीहरुका धेरै समस्या समाधान भएको र बाँकी समस्या केहि समयमै समाधान भइसक्ने उनले बताइन । राजदूत पोल्लिटले बेलायतले नेपाललाई दिँदै आएको सहयोगमा आगामी दिनमा बढोत्तरी गर्ने समेत बताइन ।

प्रकाशित : मंसिर २५, २०७६ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×