१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुगुमा यसरी जोतिन्छ एउटै गोरुले

राजबहादुर शाही

मुगु — खेतबारी जोत्न समान्यतः हल गोरु चाहिन्छ । तर मुगुको पूर्वी भेगका स्थानीयले एक गोरु जोतेर अन्नबाली लगाउने चलन छ ।      
यो क्षेत्र मुगुम कार्मारोङ गाउँपालिका भित्र पर्ने गरेको छ । माग्री, मह, रिउस, किम्री, ताखा, खारी, पुलु, डोल्फू, लगायत बस्तीमा बसोबास गर्ने आदिवासीले एउटा मात्रै गोरु नारेर अन्नबाली लगाउने गरेका छन् । 

मुगुमा यसरी जोतिन्छ एउटै गोरुले

भिरालो जमिन साघुँरो खेतबारी बलौटे माटो भएकोले यहाँका स्थानीयवासी एक गोरु जोतेर अनाज उत्पादन गर्दै आएका छन् । गोरुको नाकमा डोरी लगाएर एक जनाले तान्ने र पछाडि एक जनाले हलो जोत्ने गर्छन् । गोरुको नाकको डोरी तान्न प्रायः बालबालिकालाई लगाइन्छ ।

भिरालो जमिन, साँधुरो र साना गह्रा भएकोले दुई वटा गोरु नअटने हुँदा एउटा गोरुले जोतेर अन्नबाली लगाउनु परेको रिउस गाउँका ग्याल्जन तामाङको भनाइ छ । हल गोरुले जोत्दा खेतबारीको छेउछाउ बाट फर्काउन नसकिने भीरमा लड्ने डरले गर्दा स्थानीय एर्टा मात्रै गोरुले जोत्न बाध्य छन् ।

अर्कोतिर गरिवीका कारण हल गोरु किन्न र पाल्न नसक्दा पनि एउटै गोरुले जोत्नु परेको स्थानीयको भनाइ छ । करिव १३ सय घरधुरी र ६ हजार जनसंख्या रहेको यस क्षेत्रमा २ हजार २ सय ४१ वर्गकिलोमिटर जमिनमध्ये २ सय हेक्टर जमिनमा मात्र कोदो, कागुनो, चिनो, फापर, आलु, जौ लगायत अन्न उत्पादन हुने गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?