कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

२१ वर्ष अँध्यारो संसार गुजारेपछि दृष्टी पाएका शिक्षकको कथा

जनकराज सापकाेटा

काठमाडौँ — सल्यान दमाचौरका ४५ वर्षीय नरहरी भनिने टोपप्रसाद शर्माको जीवन दुई भागमा बाँडिएको छ । जन्मजात दृष्टि गुमाएका नरहरीले २१ वर्षको उमेरमा प्रख्यात शल्यचिकित्सक सन्दुक रुइतले शल्यक्रिया गरेपछि दृष्टी पाए । उनको पुरानो जीवनमा अँध्यारो थियो, नयाँ जीवन रंगीन । पहिले दुःख र हैरानी थियो, अहिले खुशी र आत्मविश्वास । 

२१ वर्ष अँध्यारो संसार गुजारेपछि दृष्टी पाएका शिक्षकको कथा

दृष्टि पाएपछि नरहरीको जिन्दगीको नापनक्सा फेरिएको छ । जिन्दगीको परिभाषा बदलिएको छ । उनी अहिले सल्यानकै दमाचौर आधारभूत विद्यालयमा प्राविको स्थायी शिक्षक भएर शिक्षाको उज्यालो बाँडिरहेका छन् ।


अनि उनले संसार देखे

रामोन म्यागसेसे पुरस्कार विजेता र हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार थापेका डाक्टर सन्दुक रुइतको जीवनी पुस्तक विमोचनमा उनी काठमाडौं आएका थिए । एक लाख बीस हजार भन्दा धेरैलाई अँध्यारोबाट उज्यालो संसारमा ल्याएका डाक्टर रुइत पनि फेरिएको नरहरीको जीवन देखेर औधी खुशी छन् ।

प्रकाशित : आश्विन १४, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?