कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अरुणमा बेपत्ताको यसरी हुँदैछ खोजी 

दीपेन्द्र शाक्य

संखुवासभा — बुधबार राति अरुण नदीमा जिप सहित दुर्घटनामा परेकाहरुको खोजी तेस्रो दिन शुक्रबार पनि जारी छ । संखुवासभाको धर्मदेवी-८ मा पर्ने अक्करे भीरबाट अरुण नदीमा जिप खस्दा बेपत्ता भएका ६ जनाको खोजी चितवनबाट गोताखोर ल्याएर खोज्नेकाम सुरु भएको हो । बेपत्ता भएको जिप र ६ जनाको सशस्त्रका ४ जना गोताखोरले अरुणमा बिहीबारबाट खोज्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । 

अरुणमा बेपत्ताको यसरी हुँदैछ खोजी 

अरुण ४० देखि सय फिट भन्दा गहिरो भएको उद्धारमा संलग्नले जनाएका छन् । धमिलो पानी त्यसमा पनि घुमाउने दह भएकाले खोजीमा केही समस्या भएको जिल्ला प्रहरीका डीएसपी मीमबहादुर लामाले बताए ।


सेनाको हेलिकप्टरबाट गोताखोर ल्याइएको थियो । मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप धर्मदेवी ८ मा पर्ने अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ का एकै परिवारका ३ जना छन् । संगम श्रेष्ठ उनको श्रीमती सदिक्षा श्रेष्ठ र दुई महिने छोरा समिर श्रेष्ठ बेपत्ता भएका हुन् । त्यस्तै प्रमेश थापामगर, खबरमान पिठाकोटी र चालक सन्तोष विश्वकर्मा पनि बेपत्ता छन् ।

प्रकाशित : आश्विन ३, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?