कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

जोखिमपूर्ण बेंसीसहर-चामे सडक

आश गुरुङ

चामे — हिमाली जिल्ला मनाङ पुग्न पछिल्लो समय म्यार्दीभीरको पहिरो बाधक बनेको छ । बेंसीसहर-चामे सडक खण्डको लमजुङ-मनाङ सीमा नजिकै मनाङतर्फको म्यार्दीभीरमा दिनहुँ पहिरोले यात्रुलाई असहज बनाएको छ ।

जोखिमपूर्ण बेंसीसहर-चामे सडक

गएको असार ८ गते म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएपछि लमजुङका सवारी लमजुङतर्फ र मनाङका सवारी मनाङतर्फ नै छ । पुल जडान कार्य सकिएपनि म्यार्दीभीरको पहिरोले पुल सक्नमा कठिनाई परेको छ । बेंसीसहर-चामे ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर लमजुङमै पर्छ ।


लमजुङको अर्खलेबेंसी क्षेत्र, स्याँगेक्षेत्र र च्याम्चेक्षेत्रको पहिरोले पनि आवतजावतमा समस्या छ । मनाङतर्फ म्यार्दीभीर र सिरानतालको पहिरोले आवतजावतमा समस्या बनाएको छ । पर्यटकीय मौसम सुरु हुनै लाग्दा पनि वर्षा नरोकिएका कारण चक्रीय अन्नपूर्ण पदमार्गको उक्त सडकहरुमा दिनहुँ पहिरो जाने गरेको छ ।


सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेंसीसहर-चामे सडक निर्माण थालेको थियो । द्वन्दका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो ।


निर्माण सुरु भएको १९ वर्षपछि ६ वर्ष अघि मात्र सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो । नेपाली सेनाले ट्रयाक खोलेको बेंसीसहर–चामे सडकको ठाउँठाउँमा पहिरो जाँदा बर्सेनि बर्खायाममा उक्त बाटोका उपभोक्ताले सास्ती खेप्नु परेको छ । २०६९ मा सरकारलाई हस्तान्तरण गरिएको उक्त सडकमा पछिल्लो समय नियमित मर्मतसम्भार हुन सकेको छैन । पहिरो पन्छाउने काममात्रै गरिँदा उक्त सडकको जोखिमयुक्त ठाउँमा स्तरोन्नति हुन सकेको छैन ।

प्रकाशित : आश्विन १, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?