मंगलबार महोत्तरीमा प्रदेश २ का नेकपा कार्यकर्ताले के गरे ?

सुनिता बराल

महोत्तरी — मंगलबार प्रदेश २ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा झडप भएको थियो । झडप शान्त गराउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो । त्यस क्रममा राजविराज ८ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भए । उनको टाउकोमा चोट लागेको छ ।

बर्दिवासस्थित शुभ स्वास्तिक हस्पिटल भर्ना गरिएका यादवको टाउकोमा ५ टाँका लगाइएको अस्पतालका केविजंग कार्कीले जनाए। हेरौं मंगलबार महत्तरीको विवाद :


प्रकाशित : भाद्र २५, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई डेंगु परीक्षण गर्न भ्याइनभ्याइ

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला ९ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेंगु रोगको सङ्क्रमण भेटिएको छ । 

अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्