१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अफगानिस्तानको ‘असुरक्षा’मा बस्नुभन्दा घरै फर्कनु राम्रो 

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुल नजिकैको एक कम्पनीमा सोमबार अपराहृन भएको आतंकवादी हमलामा २ नेपाली कामदारको मृत्यु भएपछि अफगानिस्तान रोजगारी फेरि चासोमा आएको छ । जलालावाद रोड नजिकैको अन्तर्राष्ट्रिय आतिथ्य केन्द्र ग्रीनभिलेज हस्पिटालिटीमा डेढ सयभन्दा बढी नेपाली कार्यरत रहेको र त्यही कम्पनीमा आतंकवादी हमला दोहोरिरहेपछि थप असुरक्षा देखिएको छ ।

अफगानिस्तानको ‘असुरक्षा’मा बस्नुभन्दा घरै फर्कनु राम्रो 

यही हस्पिटालिटीमा झण्डै १२ वर्ष सुरक्षा प्रबन्धकको काम गरेर गत माघमा घर फिरेका बुटवलका प्रकाश केसीले अफगान मामलालाई सरकारको ध्यानाकर्षणमा पुर्याउन पहल गरिरहेका छन् । केसीले बिहीबारमात्रै परराष्ट्र मन्त्रालयमा अफगानिस्तान मामला समन्वय गरिरहेका उपसचिव सागर फुयाललाई भेटेर काबुलका नेपाली कामदारको स्थितिबारे अवगत गराएका छन् ।


‘ग्रीनभिलेजमा काम गर्ने सबै कामदार सरकारी प्रक्रियाबाट श्रम स्वीकृति लिएर गएका हुन्, उनीहरु आफू कार्यरत स्थलको सुरक्षा स्थिति बिग्रिएपछि तत्काल उद्धार र घरफिर्ती चाहेका छन्,’ केसीले परराष्ट्र अधिकारीलाई सुनाए । २/४ जना नेपाली कामदार मर्दैमा ‘कान ठाडो नपार्ने’ सरकारको कार्यशैलीप्रति बिरोध जनाउादै केसीले अफगानिस्तान मामलामा उब्जने समस्यामा कूटनीतिक दृष्टि पुर्‍याउन पनि आग्रह गरेका छन् ।


उनले अफगानिस्तानको सहप्रमाणीकरण मामला दिल्ली दूतावासले हेर्न थालेपछि झनै ‘सुनुवाइ हुन छाडेको’ बताउादै यो मामलामा गम्भीर ध्यानाकर्षण जरुरी रहेको बताए ।


प्रकाशित : भाद्र २०, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?